पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभा सम्पन्न
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभा विहिबार मन्थलीमा सम्पन्न भएको छ । उक्त साधारण सभाको प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा तामाङले रामेछापको समग्र विकासका लागि संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नागरिकको अधिकार र समाज सुधारका पक्षमा पत्रकारले निडर भएर लाग्नु पर्ने वताए । उनले जिल्लाको विकासका लागि कुनै कठिनाई नभएको भन्दै त्यसका लागि आफ्नो सवै पहल केन्द्रीत हुने वताए ।
रामेछापमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सडकको सुधारको लागि आध्नो ध्यान केन्द्रीत हुने उनले औल्याए । शिक्षा क्षेत्रको दयनिय अवस्था देखिएको वताउदै नवनिर्वाचित सांसद तामाङले त्यसको सुधारका लागि निर्मम हुनुपर्ने अवस्था आएको उल्लेख गरे । तीन तहकै सरकार जनता प्रति उत्तरदायि हुने र आगामी ५ बर्षमा रामेछापलाई माथिल्लो अवस्थामा लैजाने उनले उद्घोष गरे ।
कार्यक्रममा प्रदेश सभा १(२) का नवनिर्वाचित सांसद युवराज चौलागाईले सवैले विकासका लागि केन्द्रीत हुनु पर्नेमा जोड दिए । जो जुन क्षेत्रमा छ, सवैले नागरिककै लागि काम गरीरहेको उल्लेख गर्दै उनले निश्वाथ्र्य भावनाले नागरिक र उनिहरुका समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्ने वताए ।
महांसघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा लगाएत अधिकांश बत्ताले रामेछापको पत्रकारीता क्षेत्रले समाज सुधारका लागि हाल सम्म गरेका कार्य र अवको बाटोको विषयमा आ आफ्ना धारणा व्यक्त गरेका थिए ।
साधारण सभाको बन्द सत्रले सचिव तुलसीदेवि श्रेष्ठ र कोषाध्यक्ष युवराज श्रेष्ठले प्रश्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारणसभाले केहि विषेश प्रश्ताव समेत पारित गरेको महासंघले जनाएको छ । सोहि कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष रमेश ढुंगेल र कोरोना संकट व्यवस्थापन कोषमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरीएको थियो ।
यसैविच १९ औं साधरण सभाका अवसरमा केहि पुरस्कार कोषको घोषणा समेत भएका छन् । जिल्लाका अगुवा पत्रकार टीकाप्रसाद भट्टले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरी हरेक बर्ष एक जना क्रियाशिल पत्रकारलाई पुरस्कार दिने घोषणा गरेका थिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले २ लाख १ हजार रुपैया, खाँडादेवि ६ का वडा अध्यक्ष नारायण कार्कीले १ लाख ११ हजार १ सय ११ को पुरस्कार कोषको घोषणा र पत्रकार रमेश ढुंगेलले ५० हजार रुपैयाको कोषको स्थापना गर्ने घोषणा कार्यक्रममा गरिएको थियो । उक्त पुरस्कारहरु बेग्ला बेग्लै कोष वनाएर संचालन हुनेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- २ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ३ टाेल – टाेलमा आयुर्वेद सेवा
- ४ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ५ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ६ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने
- ७ पार्टीभित्रको एकता नै जितको आधार : रामचन्द्र खड्का
- ८ कांग्रेस बागमती प्रदेशकाे निर्वाचन युवा परिचालन समिति गठन















प्रतिक्रिया दिनुहोस