बंगुरको बासी मासु खाएका ३४ विरामी
रामेछाप — रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा सोमबार विवाहको भोज खाएका ३४ जना बिरामी परेका छन् । भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएको छ । विरामी परेकालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पतालमा पु¥याइएको छ ।
जिल्ला अस्पताल रामेछापका अनुसार बिरामी परेकामध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अरु २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।
जिल्ला अस्पतालमा पुगेका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सबै बिरामीमा इहिस्टोलाइटीका नामको किटाणु फेला परेको छ । उक्त किटाणुले आउँ र पखाला गराउने उनले बताए । पेट दुख्ने र तत्कालै आउँसहितको पखाला लाग्ने समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिएपछि क्रमिक सुधार हुँदै गएको उनले बताए ।
रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार रामपुरको साइटारका प्रदीप मगरको सोमबार भएको विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको थियो । अरु सामान्य बिरामी प्राथमिक उपचारपछि घर फर्केका छन् । सोमबार विवाहको भोजको रुपमा उनीहरूले बंगुरको मासु खाएको बताइएको छ । बासी मासु खाएका अधिकांश विरामी परेको उनले वताए ।
यसैबीच विवाह भोज खाएर बिरामी परेकाहरूको घर दैलोमै पुगेर उपचार गर्ने उद्देश्यले जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मी टोली मंगलबार अपराह्न त्यसतर्फ लागेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस