बंगुरको बासी मासु खाएका ३४ विरामी

रामेछाप — रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा सोमबार विवाहको भोज खाएका ३४ जना बिरामी परेका छन् । भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएको छ । विरामी परेकालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पतालमा पु¥याइएको छ ।
जिल्ला अस्पताल रामेछापका अनुसार बिरामी परेकामध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अरु २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।
जिल्ला अस्पतालमा पुगेका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सबै बिरामीमा इहिस्टोलाइटीका नामको किटाणु फेला परेको छ । उक्त किटाणुले आउँ र पखाला गराउने उनले बताए । पेट दुख्ने र तत्कालै आउँसहितको पखाला लाग्ने समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिएपछि क्रमिक सुधार हुँदै गएको उनले बताए ।
रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार रामपुरको साइटारका प्रदीप मगरको सोमबार भएको विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको थियो । अरु सामान्य बिरामी प्राथमिक उपचारपछि घर फर्केका छन् । सोमबार विवाहको भोजको रुपमा उनीहरूले बंगुरको मासु खाएको बताइएको छ । बासी मासु खाएका अधिकांश विरामी परेको उनले वताए ।
यसैबीच विवाह भोज खाएर बिरामी परेकाहरूको घर दैलोमै पुगेर उपचार गर्ने उद्देश्यले जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मी टोली मंगलबार अपराह्न त्यसतर्फ लागेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस