जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको मृत्यू

काठमाण्डौं । जाजरकोटको छेडागाड नगरपालिकामा सोमबार भएको जिप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । दुर्घमटनामा १ जना घाइते भएका छन् ।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले वताएका छन् । दुर्घटनामा जीप चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ । दुर्घटनामा जाजरकोटको छेडेगाड नगरपालिकाकै ८ जना र दैलेखको भगवती माई गाउँपालिकाका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरु सवैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
छेडागाडा ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको उनले वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस