राष्ट्रिय परिचय पत्र वनाउने अभियान शूरु
रामेछाप – रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने कामको बुधबार बाट सुरु गरीएको छ । मन्थली नगरपालिकाका १४ वटा वडामा परिचय पत्रका लागि खटाइएको टोलीले एकै साथ काम थालेको हो । बुधबार सवै वडा कार्यालय र तोकिएको अन्य स्थानमा सर्वसाधारणहरुले परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीका अनुसार राष्ट्रिय परिचय पत्र वनाउने काम यस अघी जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित थियो । कार्यालयको तथ्याङ्क अनुसार हाल सम्म रामेछापबाट २१ हजार ५ सय जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाएर विवरण वुझाएका छन् । परिचय पत्र भने अझै आईसकेको छैन् ।
प्रजिअ रेग्मीका अनुसार वडा केन्द्र र आवश्यक परेमा अन्य स्थानमा समेत टोली वसेर नागरिकता प्रमाण पत्र प्राप्त गरीसकेका सवै जनाको राष्ट्रिय परिचय पत्रका लागि कार्य सम्पन्न गर्नेछ । जिल्लाका ६४ वटै वडा कार्यालयमा पुग्ने टोलीले ३ महिना भित्रमा उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
गाउमा टोली खटेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयबाट समेत परिचय पत्रको काम जारी रहने प्रजिअ रेग्मीले वताए । तत्काल विदेश जानेका लागि परिचय पत्र नभई पासपोर्ट वनाउन कठिनाई पर्ने भएकाले त्यस्तो व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा पुगेर परिचय पत्र र राहदानी सिफारीस गराउन सक्ने उनको भनाई छ ।
वुधबार विहानै देखि राष्ट्रिय परिचय पत्र वनाउनका लागि मन्थली नगरपाकिलाका विभिन्न स्थानमा भिड लागेको छ । मन्थली नगर प्रमुख लब श्रेष्ठले सवै वडाका जनप्रतिनिधिहरुलाई धेरै भन्दा धेरै नागरिकलाई राष्ट्रिय परिचय पत्र वनाउने काममा सूचना संप्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेका छन् ।
जिल्लामा राष्ट्रिय परिचय पत्र वनाउनेको संख्या करिव २ लाख हाराहारीमा रहेको अनुमान गरीएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक विदामा पनि नियमित सेवा प्रवाह गर्ने
- २ रामेछापमा दुई छुट्टा छुट्टै दुर्घटना हुदा दुईजनाकाे मृत्यु
- ३ अग्नि पिडितलाइ तरुण दलकाे हिलट्याङ्की सहयाेग
- ४ आगलागीबाट गम्भीर घाइते भएकी वृद्ध महिलाकाे हेलिकप्टरद्वारा उद्वार
- ५ ईद पर्वका अवसरमा सरकारद्वारा सार्वजनिक बिदा
- ६ रामेछापकाे रामपुर स्थित सुनकोसी नदिमा डुबेर भिमफेदीका एक पुरुषकाे मृत्यु
- ७ स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन सकिएन : कांग्रेस महामन्त्री थापा
- ८ एसइई परिक्षार्थीकाे लिखुमा डुबेर मृत्युु
प्रतिक्रिया दिनुहोस