मतदान गरी फर्कदा कुटपिट
रामेछाप – रामेछाप ८ को शारदा संस्कृत माविबाट मतदान गरी घर फर्कदै गरेका मतदातालाई स्थानीय डुम्रिखर्कमा बाटो छेकेर बसेकाले कुटपिट गर्दा ३ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कुटपिटबाट स्थानीय ३९ बर्षिय देविलाल सुवेदी, २१ बर्षिय गोविन्द सुवेदी र दिलनाथ सुवेदी घाईते भएका छन् । घाईते मध्ये देविलाल सुवेदीको अवस्था गम्भिर छ । उनलाई तत्काल रामेछाप अस्पताल पु¥याइएकोमा थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं रेफर गरीएको छ । आफन्तहरुले विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टर माग गरिरहेका छन् । तर हेलिकप्टर आउने टुंगो भइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले घटना पछि कुटपिटमा सम्लग्नको खोजि भइरहेको र विरामीको उपचारका लागि काठमाण्डौं पठाउने प्रयास भइरहेको वताएका छन् ।
मतदान सकेर डुम्रिबोट फर्कदै गरेका ३ जना स्थानीय सल्ले नजिक पुगेपछि भोज खाएर वसेकाले कुटपिट गरेका थिए । कुटपिटमा सम्लग्न कार्यकर्ता एमालेका भएको स्थानीयले जनाएका छन् । घटना पछि उनिहरु फरार छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- २ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ३ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ४ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ५ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ६ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ७ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ८ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु















प्रतिक्रिया दिनुहोस