मतदान गरी फर्कदा कुटपिट
रामेछाप – रामेछाप ८ को शारदा संस्कृत माविबाट मतदान गरी घर फर्कदै गरेका मतदातालाई स्थानीय डुम्रिखर्कमा बाटो छेकेर बसेकाले कुटपिट गर्दा ३ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कुटपिटबाट स्थानीय ३९ बर्षिय देविलाल सुवेदी, २१ बर्षिय गोविन्द सुवेदी र दिलनाथ सुवेदी घाईते भएका छन् । घाईते मध्ये देविलाल सुवेदीको अवस्था गम्भिर छ । उनलाई तत्काल रामेछाप अस्पताल पु¥याइएकोमा थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं रेफर गरीएको छ । आफन्तहरुले विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टर माग गरिरहेका छन् । तर हेलिकप्टर आउने टुंगो भइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले घटना पछि कुटपिटमा सम्लग्नको खोजि भइरहेको र विरामीको उपचारका लागि काठमाण्डौं पठाउने प्रयास भइरहेको वताएका छन् ।
मतदान सकेर डुम्रिबोट फर्कदै गरेका ३ जना स्थानीय सल्ले नजिक पुगेपछि भोज खाएर वसेकाले कुटपिट गरेका थिए । कुटपिटमा सम्लग्न कार्यकर्ता एमालेका भएको स्थानीयले जनाएका छन् । घटना पछि उनिहरु फरार छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस