शिक्षकहरुले गरे अपमान भएको गुनासो

रामेछाप । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कर्मचारी खटाउदा शिक्षकहरुले आफुहरुको मानमर्दन गरेको गुनासो गरेका छन् । शिक्षकलाई अपनानित हुने गरी कर्मचारी खटाएकोमा रामेछाप स्थित शिक्षकहरुका संघ संगठनले बिहिबार मूख्य निर्वाचन कार्यालयमा चेतावनी सहित ध्यानाकर्षण पत्र वुझाएका छन् ।

नेपाल शिक्षक महासंघ सहित शिक्षकका विभिन्न ६ वटा वर्गिय संघ संस्थाका प्रतिनिधिले दस्तखत गरेर वुझाइएको ध्यानाकर्षण पत्रमा निर्वाचनका लागि कर्मचारी खटाउदा शिक्षकको मान मर्यादाक्रमलाई बेवास्ता गरी मानमर्दन तथा अपमान गरीएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
पत्रमा शिक्षकको मानमर्दन हुने गरी कर्मचारीको व्यवस्थापन गर्न माग गर्दै विद्यमान नामावली सुधार गर्न अन्यथा शिक्षकहरुले अपमानित भएर निर्वाचन कार्यमा सघाउन नसक्ने चेतावनी समेत दिइएको छ ।
बुधबार मूख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका ९६ वटा मतदान स्थलका हुने निर्वाचनका लागि १ हजार ८ सय १७ जना कर्मचारी खटाएको थियो । कार्यालयले यस पटक निजामति र संस्थानका अतिरीक्त शिक्ष्ँकहरुलाई समेत खटाएको छ ।
स्थायी कर्मचरीलाई मतदान अधिकृत वनाइएको छ । स्थायी कर्मचारी मतदान अधिकृत भएको स्थानमा सहायक मतदान कर्मचारी अधिकृतनै रहेका छन् । शिक्ष्ँकहरुको मुख्य गुनासो नायव सुव्वा मतदान अधिकृत रहेको स्थानमा समान तलव खाने शिक्षकहरु मतपत्र दिनेमा परेकोमा रहेको जनाइएको छ । तर माध्यमिक शिक्षकहरु भने दर्जनौ स्थानमा मतदान अधिकृतका लागि खटाइएका छन् ।
शिक्ष्ँकहरुको ध्यानाकर्षण पत्रका बारेमा मूख्य निर्वाचन कार्यालयको कुनै धारणा आएको छैन । जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शुक्रबार तालिमको कार्यक्रम राखेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस