यात्रु लाई पैसा फिर्ता गराउदै प्रहरी

रामेछाप – तोकिएको भन्दा धेरै भाडा असुलेर यात्रु ओसार्ने २ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय रामेछापले बढी लिएको भाडा रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको छ ।
दुई कार्यालयको समन्वयमा यातायात साधनहरुलाई शुक्रबार मन्थली आसपास चेकजांच गर्ने क्रममा मालुखोलाबाट काठमाण्डौं जान थालेका दुई माईक्रोबसलाई कारवाहि स्वरुप जरिवाना समेत गरीएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मालुखोलबाट काठमाण्डौं सम्मको भाडा प्रति यात्रु ८ सय ८० रुपैया तोकिएको छ । तर माईक्रोबसले प्रतियात्रु १ हजार २ सय लिएको पाइएकोले प्रतियात्रु ३ सय २० रुपैयाका दरले भाडा रकम फिर्ता गराएको र सवारी साधनलाई जरिवाना स्वरुप २ हजारका दरले जरिवाना गराएको छ ।
दशैंमा सवारी साधनको अभाव देखाएर मनलागि भाडा असुल गरेर यात्रु ओसार पसार गर्ने गरेको गुनासोको आधारमा प्रहरीले सवारी साधन चेक जांचलाई तिव्रता दिएको छ । दशैं अघी समेत यस प्रकारको निगरानी प्रहरीले गरेको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस