यात्रु लाई पैसा फिर्ता गराउदै प्रहरी
रामेछाप – तोकिएको भन्दा धेरै भाडा असुलेर यात्रु ओसार्ने २ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय रामेछापले बढी लिएको भाडा रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको छ ।
दुई कार्यालयको समन्वयमा यातायात साधनहरुलाई शुक्रबार मन्थली आसपास चेकजांच गर्ने क्रममा मालुखोलाबाट काठमाण्डौं जान थालेका दुई माईक्रोबसलाई कारवाहि स्वरुप जरिवाना समेत गरीएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मालुखोलबाट काठमाण्डौं सम्मको भाडा प्रति यात्रु ८ सय ८० रुपैया तोकिएको छ । तर माईक्रोबसले प्रतियात्रु १ हजार २ सय लिएको पाइएकोले प्रतियात्रु ३ सय २० रुपैयाका दरले भाडा रकम फिर्ता गराएको र सवारी साधनलाई जरिवाना स्वरुप २ हजारका दरले जरिवाना गराएको छ ।
दशैंमा सवारी साधनको अभाव देखाएर मनलागि भाडा असुल गरेर यात्रु ओसार पसार गर्ने गरेको गुनासोको आधारमा प्रहरीले सवारी साधन चेक जांचलाई तिव्रता दिएको छ । दशैं अघी समेत यस प्रकारको निगरानी प्रहरीले गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस