सेलेघाट – साँघुटार सडक
घर गोठ मूल्याङ्कन गर्न उप समिति गठन
रामेछाप । एज्जिम बैंकको लगानीमा निर्माणाधिन सेलेघाट–रामेछाप–साँघुटार सडकका परेका घर गोठको मूल्यांकनका लागि विषयगत कार्यालयका प्रतिनिधि रहेको उप समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिको अध्यक्षतामा आईतबार वसेको मुआव्जा निर्धारण समितिको बैठकले उक्त उप समिति गठन गरेको हो । उप समितिले स्थलगत अनुगमन गरी एक साता भित्र समितिलाई प्रतिवेदन दिने कार्यावधि पाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकिय अधिकृत सुनिता थापाको संयोजकत्वमा गठित समितिमा सघन शहरी तथा भवन निर्माण आयोजना, मालपोत कार्यालय, नापी कार्यालय, सडक आयोजना, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, रामेछाप र मन्थली नगरपाकिलाका प्रतिनिधि सदस्य रहेका छन् ।
सेलेघाट देखि रामेछाप हुदै साघुँघार पुग्ने सडक आयोजनाको काम धमाधम हुदैछ । स्थानीयले सडक रेखामा परेका कतिपय घर धरापमा रहेका तर मुआव्जा दिन ढिलाई गरेको भन्दै गुनासो गर्दै आएका थिए । अव चाडै स्थानीयको माग संवोधन गर्ने गरी काम हुने प्रमुख जिल्ला अधिकारी पहाडिले वताएका छन् । प्राविधिकद्वारा नाप जाँच भइसकेका घर गोठको पुनः एकपटक अवलोकन गरी निष्कर्षमा पुग्नका लागि साताको समय तोकिएको हो । उक्त सडक रेखामा कुल २ सय ४२ घर .गोठ मुआव्जा दिई हटाउनु पर्ने आयोजना प्रमुख ईश्वर कार्कीले वताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस