सेलेघाट – साँघुटार सडक
घर गोठ मूल्याङ्कन गर्न उप समिति गठन

रामेछाप । एज्जिम बैंकको लगानीमा निर्माणाधिन सेलेघाट–रामेछाप–साँघुटार सडकका परेका घर गोठको मूल्यांकनका लागि विषयगत कार्यालयका प्रतिनिधि रहेको उप समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिको अध्यक्षतामा आईतबार वसेको मुआव्जा निर्धारण समितिको बैठकले उक्त उप समिति गठन गरेको हो । उप समितिले स्थलगत अनुगमन गरी एक साता भित्र समितिलाई प्रतिवेदन दिने कार्यावधि पाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकिय अधिकृत सुनिता थापाको संयोजकत्वमा गठित समितिमा सघन शहरी तथा भवन निर्माण आयोजना, मालपोत कार्यालय, नापी कार्यालय, सडक आयोजना, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, रामेछाप र मन्थली नगरपाकिलाका प्रतिनिधि सदस्य रहेका छन् ।
सेलेघाट देखि रामेछाप हुदै साघुँघार पुग्ने सडक आयोजनाको काम धमाधम हुदैछ । स्थानीयले सडक रेखामा परेका कतिपय घर धरापमा रहेका तर मुआव्जा दिन ढिलाई गरेको भन्दै गुनासो गर्दै आएका थिए । अव चाडै स्थानीयको माग संवोधन गर्ने गरी काम हुने प्रमुख जिल्ला अधिकारी पहाडिले वताएका छन् । प्राविधिकद्वारा नाप जाँच भइसकेका घर गोठको पुनः एकपटक अवलोकन गरी निष्कर्षमा पुग्नका लागि साताको समय तोकिएको हो । उक्त सडक रेखामा कुल २ सय ४२ घर .गोठ मुआव्जा दिई हटाउनु पर्ने आयोजना प्रमुख ईश्वर कार्कीले वताएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस