निजामति सेवा दिवस
रामेछापमा सेवाग्राहिलाई सम्मान र रक्तदान

रामेछाप । निजामति सेवा दिवस २०७९ को अवसरमा रामेछापको मन्थलीमा बुधबार रक्तदान कार्यक्रम संचालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि लगाएत ९ जनाले रक्तदान गरेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेका पहिलो सेवा ग्राहिलाई प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले सम्मान गरेर बुधबारको कार्य थालनी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘ व्यवसायीक र सृजनशिल प्रशासन, विकास सम्वृद्धि र सुशासन ’ भन्ने नाराका साथ यस बर्षको निजामति सेवा दिवस मनाईदै छ । दिवसकै अवसरमा रामेछापका सरकारी तथा अर्ध सरकारी कार्यालयमा दिपावली र सरसफाई जस्ता कार्यहरु गरिएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस