मतदाता नामावली अद्यावधिकमा मृतकको चर्चा
रामेछाप । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जादा उक्त निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने क्रमममा मृतक मतदाता बारे सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । मृतकहरुको नाम बर्षौ सम्म मतदाता नामावलीमा कायमै रहदा निर्वाचन शान्तिपूर्ण र स्वच्छ गराउन कठिनाई हुने उनिहरुले वताएका छन ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले मतदाताहरुले आफ्नो नाम, ठेगाना, उमेर र मतदान केन्द्रमा भएका त्रुटिहरु सचेततापूर्वक सच्चाउने र सच्याउन लगाउने हो भने निर्वाचन स्वच्छ हुनेमा जोड दिईन ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले मतदाता नामावलीमा नाम रहेका तर यस अघीनै मृत्यू भइसकेका व्यक्तिहरुको सम्बन्धमा स्थानीय तह र वडाले जानकारीमा भए सम्मको नाम सच्चाउनु पर्ने दायित्व रहेको औंल्याए । राज्य भनेको वडा पनि हो त्यसैले वडा तहमै यस बारेमा धेरै जानकारी समेत हुने भएकाले आयोगले सच्चाउन र अद्यावधिकका लागि तोकेको समयमा अद्यावधिक गरेर सहयोग गर्नुपर्ने पहाडिले वताए ।
कार्यक्रममा मरेका कतिपय व्यक्तिहरुको नाम अझै सम्म मतदाता नामावलीमा समावेश भएको र त्यसले निर्वाचनमा धाँधली गर्ने सम्भावनालाई बढावा दिएको सहभागिहरुको दावि थियो । मृतकको नामबाट बल पुगेको बेला मतदान समेत गर्ने चेष्टा हुनु राम्रो नभएकोले मृतकको नाम हटाउने कार्यमा परिवारका सदस्यको पनि कर्तव्य हुने उनिहरुले वताएका थिए ।
जिल्ला निर्वाचन अधिकारी मधुकर साहले आउदो निर्वाचनका लागि रामेछापमा कुल १ लाख ८३ हजार ३ सय ९ जना मतदाता कायम रहने वताएका थिए । उनले गत स्थानीय तहको निर्वाचनमा भन्दा ४ हजार ४ सय ४२ जना मतदाता बढेको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस