मतदाता नामावली अद्यावधिकमा मृतकको चर्चा

रामेछाप । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जादा उक्त निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने क्रमममा मृतक मतदाता बारे सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । मृतकहरुको नाम बर्षौ सम्म मतदाता नामावलीमा कायमै रहदा निर्वाचन शान्तिपूर्ण र स्वच्छ गराउन कठिनाई हुने उनिहरुले वताएका छन ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले मतदाताहरुले आफ्नो नाम, ठेगाना, उमेर र मतदान केन्द्रमा भएका त्रुटिहरु सचेततापूर्वक सच्चाउने र सच्याउन लगाउने हो भने निर्वाचन स्वच्छ हुनेमा जोड दिईन ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले मतदाता नामावलीमा नाम रहेका तर यस अघीनै मृत्यू भइसकेका व्यक्तिहरुको सम्बन्धमा स्थानीय तह र वडाले जानकारीमा भए सम्मको नाम सच्चाउनु पर्ने दायित्व रहेको औंल्याए । राज्य भनेको वडा पनि हो त्यसैले वडा तहमै यस बारेमा धेरै जानकारी समेत हुने भएकाले आयोगले सच्चाउन र अद्यावधिकका लागि तोकेको समयमा अद्यावधिक गरेर सहयोग गर्नुपर्ने पहाडिले वताए ।
कार्यक्रममा मरेका कतिपय व्यक्तिहरुको नाम अझै सम्म मतदाता नामावलीमा समावेश भएको र त्यसले निर्वाचनमा धाँधली गर्ने सम्भावनालाई बढावा दिएको सहभागिहरुको दावि थियो । मृतकको नामबाट बल पुगेको बेला मतदान समेत गर्ने चेष्टा हुनु राम्रो नभएकोले मृतकको नाम हटाउने कार्यमा परिवारका सदस्यको पनि कर्तव्य हुने उनिहरुले वताएका थिए ।
जिल्ला निर्वाचन अधिकारी मधुकर साहले आउदो निर्वाचनका लागि रामेछापमा कुल १ लाख ८३ हजार ३ सय ९ जना मतदाता कायम रहने वताएका थिए । उनले गत स्थानीय तहको निर्वाचनमा भन्दा ४ हजार ४ सय ४२ जना मतदाता बढेको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस