बैंकिङ कसुरको अभियोगमा पक्राउ

रामेछाप । रामेछाप जिल्ला लिखु तामाकोशी ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गा.पा.२ घर भई हाल जिल्ला रामेछाप मन्थली न.पा.१मन्थली बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ ।
खड्का विरुद्ध परेको मुद्धामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट १५ साउनमा पक्रउ पूर्जि जारी भएको थियो । खोजतलाश गर्ने क्रममा बिषेश सुचनाको आधारमा आईतबार राति रामेछापको मन्थली नगरपालिका १ सानिमदौबाट खड्कालाई पक्राउ गरीएको हो । उनलाई अदालतबाट अनुसन्धानका लागि ७ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघी बढाइएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस