बाढीले सखाप भए माछा

रामेछाप । गोकुलगंगा गाउँपालिका १ चुचुरेको सिवालयका खोला खोल्सीहरुमामा बिहिबार आएको बाढीले दुर्य वटा व्यवसायिक फर्ममा रहेका ३३ लाख बरावरको माछा नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चुचुरेको घट्टे खोलामा आएको बाढी पस्दा गौरीशंकर फिसरीमा रहेका करिव १७ हजार ५ सय माछा मरेका छन् । उक्त माछा मर्दा करिव २५ लाख वरावरको क्षति पुगेको छ । त्यसैगरी स्थानीय कोप्चे खोलाको बाढीले सप्तभूमि रेम्बो ट्राउट फर्ममा करिव ८ सय माछा मरेका छन् । ट्राउट फर्ममा करिव ८ लाख बरावरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
विहिबार अपरान्ह ठोसे र चुचुरे क्षेत्रमा परेको अविरल बर्षाले ५ घर गोठ समेत वगाएको थियो । बर्षाले ठोसेको एकानफेदी देखि सिवालय सम्मको सडकको विभिन्न स्थानमा अवरुद्ध पारेको थियो । शुक्रबार पालिकाका अध्यक्ष काजिवहादुर खड्का , उपाध्यक्ष उषा कार्की लगाएतले बाढीग्रस्त क्षेत्रमा राहत र उद्धारको कार्य गरेका थिए । अवरुद्ध सडक खुलाउने र विस्तापित परिवारलाई राहत उपलव्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ । बाढीबाट विस्तापित परिवारलाई नेपाल रेडक्रस सोईसाटी जिल्ला शाखाले शुक्रबार घटनास्थलमा पुगेर आधारभुत राहत सामाग्री उपलव्ध गराएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस