ठोसे र चुचुरेमा बाढी , ५ घर गोठ वगायो

रामेछाप । रामेछापको उत्तरी क्षेत्रमा विहिबार परेको अविरल बर्षा पछि आएको बाढीले गोकुलगंगा २ ठोसेको एकानफेदीमा ३ घर बगाएको छ । घर, भान्सा र चौपाय बाढीले वगाएपछि ति घरमा वसोवास गर्नेलाई अन्यत्र सारीएको छ । बाढी लेदो सहित वस्तीमा पसेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विहिबार अपरान्ह परेको मुसलधारे पानीले स्थानीय ठाडो खोलाहरुमा बाढी आएको थियो । बाढीले स्थानीय संतोष रोका, ज्ञानवहादुर रोका र रमेश रोकाको घर बगाएको छ । बाढीले स्थानीय धनलक्ष्मी गुरागाई र हरीमाया खत्रीको गोठ र भान्सा वगाएको छ ।
बाढीका कारण एकानफेदी देखि चुचुरको सिवालय तर्फ जाने सडक अवरुद्ध छ । स्थानीय शिक्षक रविकुमार वस्नेतका अनुसार दर्जनौ स्थानमा बाढी पहिरोले सडक पुरेको अवस्था छ । बाढीले चुचुरेको सिवालय वजारमा समेत सामान्य क्षति पु¥याएको वस्नेतले वताएका छन् । साँझ अवेर खोलामा पानीको सतह घटेको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस