दोरम्बा हत्याकाण्डको २० औं स्मृति दिवस
रामेछाप । तत्कालिन युद्धरत्त अवस्थामा रहेको नेकपा माओवादीका २१ जना नेता तथा कार्यकर्ताको हत्या भएको स्मृतिमा मंगलबार २० शौं दोरम्बा स्मृति दिवस मनाइएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउ‘पालिका १ डॉडाकटेरीमा आयोजित स्मृति सभामा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री बर्षमान पुनले दोरम्बामा बगेको रगत खेर जान नदिने वताए । ‘हामी अहिले पनि हाम्रा कतिपय जनजिविकाका सवालहरुमा केन्द्रीकृत भएर लागिरहेका छा’ैं पुनले भने – शहिदका सपना पुरा गरेरै छाड्छौं । उनले दोरम्बामा मारिएका नेता तथा कार्यकर्ताका परिवारलाई सम्मान गर्नुका साथै समाधिस्थलमा निर्माण गरिएका शालिकमा माल्र्यापण गरेका थिए । पुनले दोरम्बाका युवराज मोक्तानको घरको समेत मंगलबार विहान पुगेर घटनास्थलको अवलोकन गरेका थिए । मोक्तानको घरमा वसेका बेला सेनाले उनिहरुलाई कव्जामा लिएको थियो ।
कार्यक्रममा दोरम्बा हत्याकाण्डमा सेनाको घेरा तोडेर भाग्न सफल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरिप्रसाद दाहाल ( ललित ) र जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले दोरम्बा हत्याको दिनको स्मरण गरेका थिए । उनिहरुले द्धन्दरत दुवै पक्ष वार्तामा रहेको र सेनालाई आफ्नो व्यारेकबाट ५ किलोमिटर भन्दा पर जान वन्देज लगाइएका बेला भएको दोरम्बा हत्याकाण्डमा देशी विदेशी षडयन्त्र भएको वताएका थिए । दाहाल र मोक्तान दुवै दोरम्बा हत्याकाण्डमा सेनाको घेरा तोडेर भागेका थिए । त्यसबेला रामेछापमा रहेको तत्कालिन नेपाली सेनाको व्यारेकबाट झण्डै दिनभरको पैदल यात्रा पछि दोरम्बा पुगेको सेनाको टोलीले बांकी रहेका १९ जनालाई नियन्त्रणमा लिएको थियो ।
२०६० साल जेठ ३२ गने दाङको हापुरेमा सरकार र तत्कालिन समयमा युद्धरत माओवादी विच दोश्रो चरणको वार्ता भइरहेका बेला दोरम्बामा पार्टीको कार्यक्रम तथा विवाह समारोहका लागि भेला भएका माओवादी कार्यकर्ता वसेको घर घेरा हालेर सेनाले २ जनाको सोहि स्थानमा र १९ जनालाई नियन्त्रणमा लिई २ घण्टा परको डाडाकटेरीमा लगेर गोली हानेर हत्या गरेको थियो । हत्या हुनेमा माओवादी जनसरकार प्रमुख बाबुराम लामा लगाएतका जिल्ला स्तरका नेता थिए ।
यसैविच दोरम्बा स्मृति अवसरमा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल र विप्लबबाट हालै मात्र फुटेको नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले पनि दोरम्बामा पुगेर शालिकमा माल्र्यापण गरेका छन् । उनीहरुको कार्यक्रम सम्पन्न भएपछि मात्र माओवादी केन्द्रले कार्यक्रमको आयोजना गरेको थियो ।
रामेछापको मन्थलीमा विप्लव समूहको नेकपा माओवादीले मंगलबारनै २० औं दोरम्बा स्मृति दिवसको आयोजना गरीएको थियो । उक्त कार्यक्रममा सेक्रेटरी इन्द्रवहादुर श्रेष्ठले माओवादी केन्द्रले जनताको आशा र भरोसालाई धोका दिएको भन्दै शहिदको सपना पुरा हुन बांकी रहेको वताएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस