दुई पत्रकार सम्मानित
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको स्थापना दिवसको अवसरमा रामेछाप स्थित कान्तिपुर दैनिकका उप सम्पादक टीकाप्रसाद भट्टलाई जनजाति खोज पत्रकारीता बर्ष २०७९ बाट नगद पुरस्कार सहित सम्मान गरीएको छ । उक्त पुरस्कारको स्थापना यसै बर्ष भएको हो । कार्यक्रममा आदिवासी जनजाति उत्कृष्ठ पत्रकारको रुपमा नगद पुरस्कार सहित पत्रकार नवराज श्रेष्ठलाई सम्मान गरीएको छ ।
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका बाग्मति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतलाई उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन ।
खोजि पत्रकारीता क्षेत्रमा पुरस्कृत भएका भट्ट २०४९ साल देखि कान्तिपुर दैनिकमा रहेर क्रियाशिल हुदै आएका छन् । यसैगरी जनजाति उत्कृष्ठ पुरस्कार प्राप्त गरेका श्रेष्ठ फोके टेलिभिजन लगाएत विभिन्न संचार माध्यममा क्रियाशिल छन ।
कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, नेपाल पत्रकार महासंघका बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जनजाति महासंघ जिल्ला सचिव श्रीवहादुर माझी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका रामेछाप इन्चार्ज युनिक विफा घिसिङ, सम्मानित पत्रकाहरु टीका प्रसाद भट्ट र नबराज श्रेष्ठले पत्रकारीताको क्ष्ाँत्रबाट जिल्लाको विकास निर्माण र सामाजिक मुद्धाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकरात्मक र नकरात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस