दोहो–याएर नागरिकता लिन खोज्ने प्रहरी खोरमा

रामेछाप । जन्म मिति सच्चाई दोहोरो नागरिकता लिन खोजेको कसुरमा रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रितिकी निर्मला वस्नेत प्रहरी खोरमा पुगेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जन्म दर्ता सच्चाएर निर्मलाले वडा कार्यालयबाट नागरिकताको सिफारीस गर्न लगाएकी थिईन । प्रहरीले जन्मदर्ताको सूचना दिने उनकी आमा दिलकुमारी वस्नेत र वडा सचिव तथा पञ्जिकाधिकारी पदमकुमारी वस्नेतलाई समेत अनुसन्धानका लागि बुधबार पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक राजुप्रसाद ढकालका अनुसार पक्राउ परेका तीनै जनालाई रामेछाप जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघी बढाइएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस