गेलुको अधिकारी टोल जोखिममा

रामेछाप । अविरल बर्षाले घर भन्दा माथिको जमिन धाँजा फाँटेर बग्न थालेपछि रामेछापको मन्थली नगरपालिका १२ गेलुको अधिकारी टोलका ११ परिवार जोखिममा परेका छन् ।
घर माथिको जमिन सर्न थालेपछि ६ परिवारलाई अन्यत्र सारीएको छ । उनिहरुको बस्तुभाउ र खेति भने पहिरो वग्ने क्षेत्रमानै रहेकोले आउजाउ भइरहेको छ । अन्य ५ परिवारलाई समेत तत्काल अन्यत्र सार्नुपर्ने अवस्था छ ।
जमिन फुटेर वस्ती तर्फ सर्न थालेको स्थानमा शुक्रबार प्रमुख जिल्ला अधिकारी एवं विपत व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार पहाडि लगाएतको टोलीले अवलोकन गरी फर्केको छ । जमिनमा १ फिट सम्म चौडा धाँजा देखिएकोेले नजिकै वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा अस्थायी वसोवासका गर्न पहाडिले निर्देशन दिएका छन् । उनले सरकारले उक्त क्षेत्रको भौगर्विक सर्बेक्षण गराई वस्ती स्थानान्तरण तर्फ आवश्यक पहल गर्ने वताएका छन् ।
मन्थली १२ का वडा अध्यक्ष खिलेन्द्रवहादुर खत्रीले जोखिम क्ष्ँोत्रमा वसोबास गर्ने योगेन्द्र अधिकारी, कृष्णमाया अधिकारी, तोरण अधिकारी, केशव अधिकारी, भोजवहादुर अधिकारी र मोहन अधिकारीलाई तत्काल सुरक्षित जग्गा खोेजेर वसोवास गराईएको र अन्य लाई पनि स्थानान्तरण गर्ने वताए । उनले नजिकै उनिहरुकै सुरक्षित जग्गा रहेकाले तत्कालका लागि वसोवास गर्नका लागि सामाग्रीको अभाव रहेको वताए ।
यसैविच गेलु ११ मा गेलु अस्पताल निर्माण गर्दाको वाहिरी पर्खाल भत्कदा त्यस भन्दा तल रहेका २ परिवार उच्च जोखिममा परेका छन् । अस्पताल भन्दा अघीको पर्खाल झरेर वस्ती तिर सरीरहेकोले थप जोखिमबाट जोगाउनका लागि तत्काल उक्त संरचनाको पुननिर्माण गर्नुपर्नेमा खत्रीले जोड दिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस