अाइजिपि पाेखरेलद्वारा राजिनामा

काठमाडौ – अाफुभन्दा कनिष्ठलाई एअाइजी बनाएकाे भन्दै खारेजीकाे माग गरेर सर्बोच्च अदालतमा रिट हालेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पाेखरेलले पदबाट राजिनामा दिएका छन् ।

सोमबार पाेखरेलले प्रहरी प्रधान कार्यालयमा पुगेर नेपाल प्रहरीको मानव स्रोत विभागमा राजीनामा दिएकाे प्रहरी प्रधान कार्यालय स्रोतले जनाएकाे छ ।
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका रिट सर्वाेच्चले शुक्रबार खारेज गरिदिएकाे थियाे । रिट खारेजी भएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यस अघि नै उनी नियमित काममा नफर्की राजीनामा दिएर बाहिरिएका हुन् ।
आईजीपी सिंह र एआईजी पोखरेल २०४९ चैतमा एकै दिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस