अाइजिपि पाेखरेलद्वारा राजिनामा
काठमाडौ – अाफुभन्दा कनिष्ठलाई एअाइजी बनाएकाे भन्दै खारेजीकाे माग गरेर सर्बोच्च अदालतमा रिट हालेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पाेखरेलले पदबाट राजिनामा दिएका छन् ।
सोमबार पाेखरेलले प्रहरी प्रधान कार्यालयमा पुगेर नेपाल प्रहरीको मानव स्रोत विभागमा राजीनामा दिएकाे प्रहरी प्रधान कार्यालय स्रोतले जनाएकाे छ ।
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका रिट सर्वाेच्चले शुक्रबार खारेज गरिदिएकाे थियाे । रिट खारेजी भएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यस अघि नै उनी नियमित काममा नफर्की राजीनामा दिएर बाहिरिएका हुन् ।
आईजीपी सिंह र एआईजी पोखरेल २०४९ चैतमा एकै दिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस