लायन्स क्लबद्वारा झोला वितरण

रामेछाप । रामेछाप नगरपालिका ६ ओख्रेनीको जनकल्याण मावि च्यास्कुमा अध्ययन गर्ने बालबालिकालाई लाईन्स क्लबको सहयोगमा विहिबार झोला वितरण गरीएको छ ।
लायन्स क्लबका पूर्व गर्भनर शम्भु प्रसाद घिमिरेको सक्रियतामा उक्त माविमा अध्ययन गर्ने करिव २ सय ९० बालबालिकालाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले झोला वितरण गरेका हुन । विद्यालयमा आयोजित एक कार्यक्रममा झोला वितरण गर्नुका साथै दलित र छात्राहरुका लागि छात्रवृति समेत वितरण गरिएको थियो ।
लायन्स क्लवले जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई जुत्ता मोजा, झोला र ट्याकसुट वितरण गर्दै आएको छ ।
यसैविच आईसिटी कार्यक्रम अन्तरगत विद्यालयको पठन पाठनमा सहयोग गर्ने उद्धेश्यले १७ वटा ल्यापटप समेत विहिवारनै हस्तान्तरण गरिएको नगर प्रमुख न्यौपानेले वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस