सुनापति बस दुर्घटना
पालिकाले दाहसंस्कार खर्च दिने

रामेछाप । रामेछापको सुनापति ५ खनियापानीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकको दाहसंस्कार खर्च वापत सुनापति गाउँपालिकाले ३० हजारका दरले उपलव्ध गराउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बुधबार शोकवक्तव्य जारी गरी उक्त प्रतिवद्धता जाहेर गरेका हु्न । उनले सुुनापति गाउँपालिकामै हाल सम्मकै ठुलो दुर्घटनामा परी ज्यान गुमाएका १३ जना यात्रुहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको उपचारको लागि सहकार्य भइरहेको जनाएका छन् ।
सुनापति ३ हिलेदेविको स्वाँराबाट काठमाण्डौंका लागि मंगलबार विहान छुटेको पूर्व अरनिको यातायात समितिको यात्रुबाहक बस करिव १० बजेतिर लुघुघाट नजिक ओरालो झर्दै गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । खनियापानी जाने सडकबाट झरेको उक्त बस मध्यपहाडि राजमार्गमा पल्टिदा ९ जनाको घटनास्थलमानै र ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यू भएको थियो । दुर्घटनामा परेर २४ जना घाईते भएका थिए । घाईतेको काभ्रे र काठमाण्डौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस