समाजसेवि चौलागाईले गरे घाईतेको उद्धार

रामेछाप । रामेछापको खनियापानीमा मंगलबार विहान दुर्घटना भएको बसका घाईते यात्रुलाई काँग्रेस नेता एवं समाजसेवी भरत प्रसाद चौलागाईले हेलिकप्टरबाट उद्धार गरेका छन् ।
बस दुर्घटनाको खवर सुन्ना साथ कैलाश यएरको हेलिकप्टर पठाएर चौलागाईले केहि घाईतेको उद्धार गरेका थिए । हेलिकप्टरबाट काठमाण्डौं पु¥याएका विरामीको काठमाण्डौ मेडिकल कलेज लगाएतका अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाईते भएका २१ जनालाई एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाइएको थियो ।
सुनापति १ गुन्सी निवासी समाजसेवी चौलागाईले यस अघी पनि विभिन्न घटनामा हेलिकप्टर पठाएर सहयोग गरेका थिए । उनले रामेछाप नगरपालिकालाई सव वहान समेत उपलव्ध गराएर सहयोग पु¥याएका छन् ।
मंगलरबार सुनापति गाउंपालिका ३ हिलेदेविको खड्कास्वांराबाट काठमाण्डौका लागि यात्रु लिएर छुटेको पूर्व अरनिको यातायात समिति मार्फत संचालित बस सुनापति ५ खनियापानीको लुभुखोला नजिक घुम्तीबाट खसेको थियो । दुर्घटनामा ९ जना घटना स्थलमानै र ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । वसमा करिव ४० यात्रु थिए । मृतक र घाईते अधिकांश सुनापति गाउपालिकाका रहेका छन् । छिमेकी जिल्ला काभ्रेका ४ जनाको समेत दुर्घटनामा परेर निधन भएको छ । मृतक सवैको सनाखत भइसकेको छ ।
यसैविच सुनापति गाउंपालिकाले सुनापति गाउंपालिकामा भएको बस दुर्घटनाबाट स्तव्ध भएको जनाएको छ । गाउंपालिकाद्धारा साँझ जारी विज्ञप्तिमा दुर्घटनामा परेर ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गरीएको छ । पालिकाले दुर्घटनास्थलमा पुगेर उद्धार र उपचारका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अन्तिम सस्कारका लागि पालिकाले सहयोग गर्ने आश्वासन समेत दिएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस