रामेछाप बस दुर्घटना
१३ जनाको मृत्यू २४ घाईते

रामेछाप – पश्चिमी रामेछापको लुभुघाट नजिक सुनापति ५ खनियापानीमा मंगलबार विहान यात्रुवहाक बस दुर्घटना हुदा १३ जनाको मृत्यू भएको छ । ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि धुलिखेल अस्पताल पु¥याएपछि मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार दुर्घटनास्थलमा मृत्यू हुनेमा सुनापति गाउपालिका ५ का ६० बर्षिय ठुला तामाङ, वडा नम्बर ४ बेथानका २६ बर्षिया समरिता तामाङ, सुनापति ५ खनियापानीका ढुकुरे भन्ने ३६ बर्षिय खड्गवहादुर विक, रोसी गाउ“पालिका ४ काभ्रेका २५ बर्षिय कमल तामाङ, पा“ाचखाल नगरपालिका ८ काभ्रेका १८ बर्षिय सुदिप गजमेर, सुनापति ५ रामेछापकी २२ बर्षिया विपना तामाङ, काभ्रे मण्डनदेउपुर कि ६० शुभलक्ष्मी मानन्धर, पा“चखाल नगरपालिका काभ्रेका ४० बर्षिय कुलवहादुर विक र रामेछापको सुनापति ५ खनियापानीकी ३६ बर्षिया सञ्जु आलेमगर रहेकी छिन् ।
त्यसैगरी उपचारका क्रममा धुलिखेल अस्पताल पु¥याएका सुनापति ५ खनियापानी रामेछछापका ४५ बर्षिय रामवहादुर श्रेष्ठ, सोहि ठाउ वस्ने २४ बर्षिया वृद्ध तामाङ र ६० को नेमा तामाङ रहेका छन् । करिव ५५ बर्षिया एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन ।
प्रनाउ थिङका अनुसार सुनापति ३ हिलेदेविको स्वा“राबाट काठमाण्डौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९६ नम्बरको उक्त यात्रुवाहक वस लुभुबजारबाट केहि उत्तर पर्ने घुम्तीबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका २५ जनालाई उपचारका लागि एम्बुलेन्स र केहि लाई हेलिकप्टरबाट काठमाण्डौं पठाइएको थियो । घाईते अधिकांशको अवस्था गम्भिर रहेको छ । उपचारका लागि पठाइएकाहरुको धुलिखेल अस्पताल, केएमसी काठमाण्डौं र शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । घाईते मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ ।
करिव ४० जना यात्रु लिएर ओरालो झर्दै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको थिङले जनाएका छन् । दुर्घटनामा सामान्य घाईते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्र गतिमा रहेको बस ओरालोमा ब्रेक फेल भएकाले जोगाउन नसकेको आकलन गरीएको छ ।
दुर्घटनाको जानकारी हुदा साथ करिव १ सय मिटरको दुरीमा रहेको लुभुघाट प्रहरी चौकी, बेथान र जिल्ला सदरमुकामबाट थप मद्धत पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा दुर्घटनास्थलबाट घाईते र मृतकको सव निकालिएको थियो । घाईते र मृतक मध्ये अधिकांश सुनापति ५ खनियापानीका छन् । उनिहरु बस चढेको बढीमा १५ मिनेटमा दुर्घटनामा परेका थिए ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिका अनुसार घटनास्थलमा रहेका ९ जना मृतकको पोष्टमार्टम सहज ढंगले गर्न मन्थली अस्पतालले सहजिकरण गरेको छ । पोष्टमार्टम पछि आफन्तजनले सव वुझेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस