कोईरालाको ९९ औं जन्म जयन्तिमा दीप प्रज्वलन
रामेछाप । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको ९९ औं जन्म जयन्तिको अवसरमा शनिबार साँझ रामेछापको मन्थलीमा दीप प्रज्वलन गरिएको छ ।
जिपी फाउण्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता ध्रुवहरी ढुंगेलले मुलुकको परिवर्तनको आन्दोलन र सशस्त्र आन्दोलनमा गएको मुलुकलाई शान्तिको बाटोमा फर्काएर स्वर्गीय गिरीजा प्रसाद कोईरालाले ऐतिहासिक कार्य गरेको स्मरण गरे । उनले कोईराला व्यक्ति नभएर हेड अफ स्टेट नै रहेको स्मरण गर्दै युग पुरुषको अन्त्यले काँग्रेस र मुलुकलाई नै घाटा भइरहेको वताए ।
फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजनीतिक दलका कार्यकर्ता लगाएतले दीप प्रज्वलन गरि स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस