कोईरालाको ९९ औं जन्म जयन्तिमा दीप प्रज्वलन

रामेछाप । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको ९९ औं जन्म जयन्तिको अवसरमा शनिबार साँझ रामेछापको मन्थलीमा दीप प्रज्वलन गरिएको छ ।
जिपी फाउण्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता ध्रुवहरी ढुंगेलले मुलुकको परिवर्तनको आन्दोलन र सशस्त्र आन्दोलनमा गएको मुलुकलाई शान्तिको बाटोमा फर्काएर स्वर्गीय गिरीजा प्रसाद कोईरालाले ऐतिहासिक कार्य गरेको स्मरण गरे । उनले कोईराला व्यक्ति नभएर हेड अफ स्टेट नै रहेको स्मरण गर्दै युग पुरुषको अन्त्यले काँग्रेस र मुलुकलाई नै घाटा भइरहेको वताए ।
फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजनीतिक दलका कार्यकर्ता लगाएतले दीप प्रज्वलन गरि स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस