धान दिवसमा रामेछापमा विभिन्न कार्यक्रम


ईन्दिरा बोहोरा ।
रामेछाप । असार १५ दहि चिउरा खाने दिन तथा धान दिवसका अवसरमा रामेछापका विभिन्न स्थानमा रोपाई गरेर दहि चिउरा खाने कार्यक्रम आयोजना भएका छन् ।
खांडादेवि गाउँपालिकाको माढिमुहानमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमसागर थापा र गाउंपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगाएत सहभागि भएका थिए ।
यसैगरी मन्थली नगरपालिका ११ मा मन्थली नगरपालिकाले आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । जिल्ला सदरमुकाम मन्थलीको रामेछाप बहु प्राविधिक शिक्षालयले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि लगाएतका सहभागि भएका थिए ।
रोपाई कार्यक्रममा सहभागिले परम्परागत शैलीमा धान रोपाई गरेका थिए । सहभागिले एकअर्कामा हिलो छ्यापाछ्याप गरेर रोपाई आरम्भ गरेको खुसीयाली मनाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस