सुस्त मनस्थितिकी बालिका बलात्कृत

रामेछाप – रामेछाप नगरपालिका ४ बस्ने १३ बर्षिय सुस्त मनस्थितिकी बालिका वलात्कृत भएकी छिन् । हिमगंगाका ६२ बर्षिय श्यामप्रसाद घिमिरेलाई बालिकालाई बलात्कृत गरेको आरोपमा प्रहरीले पक्रउा गरेको छ । घिमिरे साविक हिमगंगा गाविसका भुतपूर्व उपाध्यक्ष समेत हुन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ वस्ने १३ बर्षिया सुस्त मनस्थितिकि बालिकालाई असार १ गते ललाई फकाई आफ्नै घरमा लगि जवरजस्ती करणी गरेका थिए । उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जवरजस्ती करणी पश्चात फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरे विरुद्ध बालयौन दुरुपयोग मुद्धामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस