हिंसा न्यूनीकरण गर्न सशक्तीकरणमा जाेड
काठमाडौं -नेपाल पत्रकार महासंघको महिला विभागले अायाेजना गरेकाे पत्रकार महिलाहरु माथी कार्यस्थलमा हुने हिंसा विषयक छलफलमा सहभागीहरुले हिंसा न्यूनीकरण गर्न पत्रकार महिलाको शसक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको महिला विभागले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लिङ्गका आधारमा हुने विभेद अन्त्यका लागि पेशागत, आर्थिक, सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा हुने लैङ्गिक हिंसाको एकिन तथ्य र तथ्याङ्क आउनेगरी अध्ययन अनुसन्धानको खाँचो औल्याउएका छन् । दाहालले कार्यक्षेत्रमा पत्रकार महिलामाथि हुने हिंसाका विषयमा बहस सुरु हुनु सकारात्मक भएको बताउदै समस्या समाधानका लागि सबै पक्ष सचेतनापूर्वक लाग्नुपर्ने बताए । ।
त्यसैगरि नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा विषयमा कार्यकपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा डिजिटल हिंसाका घटना बढेको बताएकी छिन् ।कार्यपत्र प्रस्तुत गर्नेक्रममा तिमल्सिनाले समय अनुसार हिंसाका प्रकृतिहरु समेत फरक हुने गरेकाे उल्लेख गर्दै यस्ता खाले हिंसाबाट वचन सामाजिक सचेतना जगाउनुपर्ने खाँचो रहेकाे बताइन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचासंहिता पूर्णरुपमा कार्यान्वयन गरे हिंसाका घटना स्वत कम हुने उल्लेख गरे । त्यसैगरि कार्यक्षेत्रमा हुने हिंसा तथा असुरक्षाका सवालमा सम्पादकले दायित्व लिनुपर्ने भन्दै सञ्चारगृहले कार्यक्षेत्रमा पत्रकार महिलाको सुरक्षाका लागि आन्तारिक निर्देशिका निर्माण गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासंघले पत्रकार सुरक्षा निर्देशिका निर्माण गरेको जानकारी दिएका छन् ।उक्त निर्देशिका कार्यान्वयनमा आए कार्यस्थलमा हुने पत्रकार महिला हिंसाका घटनामा न्यूनिकरण हुनेमा विस्वास व्यक्त गरे ।
त्यसैगरि महासंघकी उपाध्यक्ष तथा महिला विभाग संयोजक बाला अधिकारीले पछिल्लो समय पत्रकार महिलामाथि कार्यक्षेत्रमा भएका हिंसाका घटनाहरु सार्वजनिक भइरहेको र मौखिक तथा लिखित उजुरी महासंघमा आउन थालेको बताएकी छिन् । पत्रकारको न्यायका लागि महासंघले निशुल्क कानुनी सहायता दिने भन्दै कुनै पनि हिंसामा परेका पत्रकारले महासंघमा जानकारी दिन पनि उपाध्यक्ष अधिकारीले आग्रह गरिन् ।
महासंघका महासचिव रोशन पुरीले कार्यक्षेत्रमा रहाँ कुनै पनि पत्रकारलाई हिंसा भएको खण्डमा महासंघमा उजुरी दिन आग्रह गरेका छन् । पत्रकारमाथि हुने कुनैपनि हिंसाका घटनामा महासंघले निशुल्क कानुनी सहायता उपलब्ध गराउने बताए ।
नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरु लामो समय सम्म पेशामा टिकिरहनु चुनौतीपूर्ण रहेको बताउदै सम्बन्धित ऐन नियमकाे पूर्ण कार्यान्वयन गर्न सके हिंसाका घटनामा कमी आउने बताएकी छिन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार राधा चालिसेले महिलाका मुद्दामा पत्रकारका संघ संगठनहरु एक ठाउमा उभिएर महिलाका मुद्दामा कार्यतालिका नै बनाएर नियमित छलफल गर्नुपर्ने बताइन् । पेशागत, आर्थिक तथा भौतिक विषयमा महिलाहरु आत्मनिर्भर हुन सके हिंसाका घटनाहरु कम हुन सक्ने बताइन् ।
कार्यस्थलमा हुने हिंसा र त्यसको कानूनी उपचार बारे कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता विष्णुकुमार गिरीले गर्भावस्थादेखि नै महिलामाथि हिंसा सुरु हुने उल्लेख गर्दै नेपालमा भएका कानुन कार्यान्वयनका लागि पिडीतहरुपनि सक्रियरुपमा अगाडी आउनुपर्ने बताए ।
कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवा, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी, पत्रकार दिपा दाहाल, विष्णुमाया पौडेल लगायतले धारणा राखेका थिए । कार्यक्रमको पत्रकार निशा ओलीले सहजीकरण गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नमुनादीप कप’को उपाधि लिखुतामाकोशीलाई
- २ १४ वर्षमुनिका बालबालिकाकाे क्यान्सर उपचार निशुल्क गर्ने
- ३ क्षतिग्रस्त प्रशारण लाईन संचालनमा
- ४ रामेछाप कपकाे उपाधि आयाेजक टिम दिपशिखाकाे पाेल्टामा
- ५ खुर्कोट पुल संचालनमा
- ६ खुर्काेट पुल निर्माण सकेर काठमाडौं फर्किए : राज्यमन्त्री तामाङ
- ७ रामेछाप कप भाेलीदेखि मन्थलीमा सुरु , प्रदेश अर्थमन्त्री काफ्लेद्वारा उत्घाटन गरिने
- ८ रास्वपा सभापति लामिछाने पक्राउ
प्रतिक्रिया दिनुहोस