नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बन

काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।
मन्त्रीपरिषदले अधिकारी माथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ । आफु मातहतका कर्मचारीहरुलाई दूर्व्यवहार गरेको लगायत आरोप अधिकारी माथि लगाइएको छ ।
अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली साथै लगेर वित्तीय हानी पु¥याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्री गर्ने जिम्मेवारी दिएको र त्यसबाट स्वयंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।
यस अघी मन्त्री प्रेम आलेले अधिकारीलाई अपशव्द प्रयोग गरी गालि गलौज गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा मन्त्री आलेले अधिकारीलाई तल्लो स्तरको गालि गलौज गरेको सुनीएको थियो । यद्यपी आलेले अधिकारी माथि पदिय आचरण पुरा नगरेकोमा सम्झाएको भन्दै गाली गलौज नगरेको दावि गरेका थिए । उनले अडियो नभै सिसिटीभी फुटेज हेर्न चेतावनी दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस