घरमै पुगेर नागरिकता

रामेछाप । नागरिकता प्रमाण पत्रका लागि सदरमुकाम मन्थलीको जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्ने अशक्तलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिका ५ निवासी ओमवहादुर श्रेष्ठलाई शुक्रबार उनकै घर पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेको हो । वडा कार्यालयले सवै कागजात सहित जिल्ला प्रशासनमा निवेदन गरेको आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाण पत्र जारी गरी सुनारपानीमा पुगेर हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष रबिन कार्की (नविन) का अनुसार प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले अशक्त श्रेष्ठलाई कार्यालयमा ल्याउन असहजता हुने कुरा वुझेर टोलीनै सुनारपानी पठाईदिएको वताए । उनले नागरिकता पाएपछि श्रेष्ठ अव सामाजिक सुरक्षा भत्ताका लागि योग्य भएको वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस