प्रदेश राज्य मन्त्री वली पक्राउ

दाङ — लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
स्थानीयले घटनाबारे खबर गरेपछि वलीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
वली सरकारी सवारी साधन लिएर वस्नेतको घर पुगेकी थिईन । लु १ झ ५३७ नम्बरको सरकारी गाडीबाट झरेपछि वलीले वस्नेतको श्रीमति र नावालक छोरीलाई कुटपिट गरेकी थिईन । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । श्रोतका अनुसार कुटपिटबाट वस्नेत पत्नि घाईते भएकी छिन । घटना के कारणले भएको हो भनने कुरा प्रहरीले अनुसन्धान थालेको छ ।
नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस