सुनापतिमा माओवादी केन्द्रका ठुलोकान्छा तामाङ र गीता विष्ट विजयी

रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठुलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली काँग्रेसका कमान खड्का लाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धि काँग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यस अघि वडा नम्बर ५ का वडा अध्यक्ष थिए ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाई विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी शान्ति माेक्तानले ५ हजार १ सय ७७ मत प्राप्त गरेकी थिईन । विष्ट यस अघि पनि उपाध्यक्ष थिईन ।
२०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेविमा काँग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका छन् । एमालेले भने साे पालिकामा १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष पदका उम्मेदवार २ हजार ३१ मतमा सिमित हुन पुगेका छन् ।
सोमबार अपरान्ह गोकुलगंगा गाउ“पालिकामा अध्यक्ष र उपाध्यक्ष लगाएत अधिकांश पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस