सुनापतिमा माओवादी केन्द्रका ठुलोकान्छा तामाङ र गीता विष्ट विजयी
रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठुलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली काँग्रेसका कमान खड्का लाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धि काँग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यस अघि वडा नम्बर ५ का वडा अध्यक्ष थिए ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाई विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी शान्ति माेक्तानले ५ हजार १ सय ७७ मत प्राप्त गरेकी थिईन । विष्ट यस अघि पनि उपाध्यक्ष थिईन ।
२०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेविमा काँग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका छन् । एमालेले भने साे पालिकामा १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष पदका उम्मेदवार २ हजार ३१ मतमा सिमित हुन पुगेका छन् ।
सोमबार अपरान्ह गोकुलगंगा गाउ“पालिकामा अध्यक्ष र उपाध्यक्ष लगाएत अधिकांश पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस