सुनापति १ मा पल्टियो माओवादी

रामेछाप । माओवादीको आधार इलाका सुनापति गाउँपालिकाको गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् । चौलागाई काँग्रेस जिल्ला समितिका सहसचिव समेत हुन ।
चौलागाई ९ सय ३२ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाएका थिए । चण्डेश्वर यस अघीका वडा अध्यक्ष समेत हुन । गुन्सीको मतगणनामा नेपाली काँग्रेसले पालिकामा समेत अग्रता कायम गरेको छ । पालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भन्दा काँग्रेसका उम्मेदवार कमान खड्का गुन्सीबाट अघी लागेका छन् । खड्काले ९ सय ९ मत पाएका छन् भने माओवादी केन्द्रका ठुलो कान्छा तामाङ्गले ८ सय ९४ मत पाएका छन् ।
उक्त वडामा खुला सदस्य , महिला खुला सदस्य र दलित महिला सदस्य भने माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । बहुदलिय व्यवस्थाको वहालि पछि गुन्सीमा नेपाली काँग्रेस नेतृत्वमा आउन सकेको थिएन ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस