सुनापति १ मा पल्टियो माओवादी
रामेछाप । माओवादीको आधार इलाका सुनापति गाउँपालिकाको गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् । चौलागाई काँग्रेस जिल्ला समितिका सहसचिव समेत हुन ।
चौलागाई ९ सय ३२ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाएका थिए । चण्डेश्वर यस अघीका वडा अध्यक्ष समेत हुन । गुन्सीको मतगणनामा नेपाली काँग्रेसले पालिकामा समेत अग्रता कायम गरेको छ । पालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भन्दा काँग्रेसका उम्मेदवार कमान खड्का गुन्सीबाट अघी लागेका छन् । खड्काले ९ सय ९ मत पाएका छन् भने माओवादी केन्द्रका ठुलो कान्छा तामाङ्गले ८ सय ९४ मत पाएका छन् ।
उक्त वडामा खुला सदस्य , महिला खुला सदस्य र दलित महिला सदस्य भने माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । बहुदलिय व्यवस्थाको वहालि पछि गुन्सीमा नेपाली काँग्रेस नेतृत्वमा आउन सकेको थिएन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस