सुनापतिमा काँग्रेसले उछिन्यो
रामेछाप । रामेछापको सुुनापति गाउँपालिकामा नेपाली काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई पछि पारेका छन् । पालिकाको १ नम्बर वडाको १ हजार १ सय १० मत गणना गर्दा काँग्रेसका उम्मेदवारले माओवादी उम्मेदवारलाई उछिनेका हुन । काँग्रेसका कमान खड्का दिपेन्द्रले ४ सय ७७ मत ल्याएर अग्रता वनाएका हुन । उनको पछि माओवादी केन्द्रका ठुलोकान्छा तामाङले ४ सय ३८ मत पाएका छन् । एमालेका उम्मेदवार ज्ञानकुमार योञ्जन १ सय ६१ मत सहित तेश्रो स्थानमा रहेका छन ।
यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी गीता विष्ट अघी रहेकी छिन । विष्टले ४ सय ६४ मत पाउदा काँग्रेसकी शान्ति मोक्तानले ४ सय ४४ मत पाएकी छिन् । एमालेकी रीता कुमारी ढुंगेल गौतमले १ सय ६० मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा पनि नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । काँग्रेस उम्मेदवार ध्रुब चौलागाईले ४ सय ८५ मत पाउदा माओवादी केन्द्रका चण्डेश्रवर चौलागाईले ४ उसय ४७ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस