• काेसिस न्यूज
  • सुनापतिमा काँग्रेसले उछिन्यो


    रामेछाप । रामेछापको सुुनापति गाउँपालिकामा नेपाली काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई पछि पारेका छन् । पालिकाको १ नम्बर वडाको १ हजार १ सय १० मत गणना गर्दा काँग्रेसका उम्मेदवारले माओवादी उम्मेदवारलाई उछिनेका हुन । काँग्रेसका कमान खड्का दिपेन्द्रले ४ सय ७७ मत ल्याएर अग्रता वनाएका हुन । उनको पछि माओवादी केन्द्रका ठुलोकान्छा तामाङले ४ सय ३८ मत पाएका छन् । एमालेका उम्मेदवार ज्ञानकुमार योञ्जन १ सय ६१ मत सहित तेश्रो स्थानमा रहेका छन ।
    यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी गीता विष्ट अघी रहेकी छिन । विष्टले ४ सय ६४ मत पाउदा काँग्रेसकी शान्ति मोक्तानले ४ सय ४४ मत पाएकी छिन् । एमालेकी रीता कुमारी ढुंगेल गौतमले १ सय ६० मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा पनि नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । काँग्रेस उम्मेदवार ध्रुब चौलागाईले ४ सय ८५ मत पाउदा माओवादी केन्द्रका चण्डेश्रवर चौलागाईले ४ उसय ४७ मत प्राप्त गरेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस