गोकुलगंगामा फराकिलो अन्तर बनाउदै काँग्रेस
रामेछाप । रामेछापको गोकुलगंंगा गाउँपालिकामा नेपाली काँग्रेसले एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेको छ । गोकुलगंगाको १ नम्बर वडा चुचुरेमा वडा अध्यक्ष सहित प्यानलै आफ्नो पक्षमा पारेको काँग्रेसले वडा नम्बर २ ठोसेमा पनि मतान्तरलाई बढाइरहेको छ ।
पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार काजिवहादुर खड्का दिनेशले १ हजार ३ सय ३९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका खड्गवहादुर सुनुवारले पछ्याईरहेका छन् । सुनुवारको १ हजार ६४ मत रहेको छ ।
यसैगरी उपाध्यमा पनि नेपाली काँग्रेसकी उषा देवि कार्की निकै अघी देखिएकी छिन् । कार्कीले १ हजार ३ सय ४७ मत पाउदा एमालेकी राधिका नेवार श्रेष्ठको जम्मा ९ सय ९१ मत रहेको छ । एमालेका उम्मेदवार सुनुवार र श्रेष्ठ यस अघी उक्त पालिकाको अध्यक्ष र उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए ।
ठोसेको मत गणना जारी रहदा वडा अध्यक्ष सहित सवै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु जितको नजिक पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस