गोकुलगंगामा फराकिलो अन्तर बनाउदै काँग्रेस

रामेछाप । रामेछापको गोकुलगंंगा गाउँपालिकामा नेपाली काँग्रेसले एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेको छ । गोकुलगंगाको १ नम्बर वडा चुचुरेमा वडा अध्यक्ष सहित प्यानलै आफ्नो पक्षमा पारेको काँग्रेसले वडा नम्बर २ ठोसेमा पनि मतान्तरलाई बढाइरहेको छ ।
पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार काजिवहादुर खड्का दिनेशले १ हजार ३ सय ३९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका खड्गवहादुर सुनुवारले पछ्याईरहेका छन् । सुनुवारको १ हजार ६४ मत रहेको छ ।
यसैगरी उपाध्यमा पनि नेपाली काँग्रेसकी उषा देवि कार्की निकै अघी देखिएकी छिन् । कार्कीले १ हजार ३ सय ४७ मत पाउदा एमालेकी राधिका नेवार श्रेष्ठको जम्मा ९ सय ९१ मत रहेको छ । एमालेका उम्मेदवार सुनुवार र श्रेष्ठ यस अघी उक्त पालिकाको अध्यक्ष र उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए ।
ठोसेको मत गणना जारी रहदा वडा अध्यक्ष सहित सवै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु जितको नजिक पुगेका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस