रामेछापको दोरम्बामा एमालेले अग्रता लियो

रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार टंक चौलागाईले ५८ मत सहित अग्रता लिएका हुन । गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका मैनकुमार मोक्ताले ३१ मत पाएका छन् ।
उक्त पालिकाको उपाध्यक्ष पदमा समेत एमालेकी मुना कंडेल थापाले अग्रता लिएकी छिन् । उनले ५५ मत पाएकी छिन भने गठवन्धनकी उम्मेदवार काँग्रेसकी खमला थापामगरले ३१ मत पाएकी छिन् । दोरम्बा शैलुङको वडा नम्बर १ डडुवाबाट मतगणना सुरु गरीएको निर्वाचन अधिकृत प्रेमराज पौडेलले जनाएका छन् । वडा नम्बर १ यस अघी एमाले विजयी भएको वडा हो । उक्त वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५६ मत र माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस