उम्मेदवार भोट माग्दै मेलापातमा

रामेछाप । माला लगाएकाले गाेरु जाेतेकाे अनि मालै लगाएकीले मकै रोप्ने देखेपछि सुनारपानीका स्थानीय एकैछिन त अकमक्क परे । आईतबार भोट माग्न गाउँ पुगेका नेपाली काँग्रेसबाट मन्थली नगरपालिकाको नगर प्रमुखका उम्मेदवार विनोदकुमार कार्कीले अनौं समाउदै भने – ख्यै म पनि तपाईहरुलाई सघाउछु । उनले आफु सामँन्य किसान भएको वताए ।
कार्कीले जोत्दै अघी बढेपछि उप प्रमुखकी उम्मेदवार यशोदा श्रेष्ठ सीयोमा मकै खसाल्दै अघी बढीन । गाउँमा अहिले खेतिको सिजन छ, एकछिन काम रोकिदा पनि किसानलाई वित्छ । त्यहि भएर गाउँमा पुग्ने उम्मेदवारहरु मेलापातमै पुगेर भोग माग्ने गर्छन । मेलापातमा पुगेका बेला एकैछिन किसानहरुको हातबाट औजार खोस्छन् र आफु पनि उनिहरु सगैं समाहित भएको महसुस गराउछन् ।
केहि दिन अघी गेलुमा घर दैलोमा पुगेका एमालेबाट मन्थली नगरप्रमुखको उम्मेदवार वनेका लब श्रेष्ठ पनि मेलामै पुगेर किसानको कोदालो समाते । उप प्रमुख ईश्वरी वस्नेत पनि के कम उनि पनि कोदालो समातेर तम्सिईन । प्रमुख र उप प्रमुखका उम्मेदवारहरुले तम्सीतम्सी मकै गोडे । खेतमा मकै गोड्नका लागि पुगेका किसानहरुले हांसीमजाक गरे ।
सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुले मतदाता भेटघाटका लागि घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । पार्टीको घोषणा पत्र र नमुना मतपत्र सहित गाउँ पुग्ने नेता तथा कार्यकर्ता संग मतदाताहरुले पनि उत्साहपूर्वक भेटघाट गरीरहेका छन् । निर्वाचन चिन्ह पाएपछि घर दैलो र सभाको कार्यक्रम बनाएर शनिबार बाट गाउँ पसेका उम्मेदवारहरुले आईतवार अझ बढी सक्रियता र मतदाताको उपस्थिति पाएका छन् । पार्टीको झण्डा, वाजागाजा र गाडीको लस्कर लिएर गाउँ पसेका कार्यकर्ताले गाउ“मा घर घर पुग्ने कोशिस गरीरहेका छन् ।
मन्थली नगरपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठवन्धन, राप्रपा लगाएत नगर प्रमुखका लागि ९ जना र उप प्रमुख पदमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ति मध्ये ३ जना स्वतन्त्रले प्रमुख र १ जना स्वतन्त्रले उप प्रमुखका लागि प्रतिस्पर्धा गरीरहेका छन् । मन्थलीमा मुख्य तया काँग्रेस, एमाले र माओवादी र एकिकृत समाजवादीको गठवन्धनका उम्मेदवार विच कडा प्रतिस्पर्धा हुने मतदाताहरुको अनुमान छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस