उम्मेदवार भोट माग्दै मेलापातमा
रामेछाप । माला लगाएकाले गाेरु जाेतेकाे अनि मालै लगाएकीले मकै रोप्ने देखेपछि सुनारपानीका स्थानीय एकैछिन त अकमक्क परे । आईतबार भोट माग्न गाउँ पुगेका नेपाली काँग्रेसबाट मन्थली नगरपालिकाको नगर प्रमुखका उम्मेदवार विनोदकुमार कार्कीले अनौं समाउदै भने – ख्यै म पनि तपाईहरुलाई सघाउछु । उनले आफु सामँन्य किसान भएको वताए ।
कार्कीले जोत्दै अघी बढेपछि उप प्रमुखकी उम्मेदवार यशोदा श्रेष्ठ सीयोमा मकै खसाल्दै अघी बढीन । गाउँमा अहिले खेतिको सिजन छ, एकछिन काम रोकिदा पनि किसानलाई वित्छ । त्यहि भएर गाउँमा पुग्ने उम्मेदवारहरु मेलापातमै पुगेर भोग माग्ने गर्छन । मेलापातमा पुगेका बेला एकैछिन किसानहरुको हातबाट औजार खोस्छन् र आफु पनि उनिहरु सगैं समाहित भएको महसुस गराउछन् ।
केहि दिन अघी गेलुमा घर दैलोमा पुगेका एमालेबाट मन्थली नगरप्रमुखको उम्मेदवार वनेका लब श्रेष्ठ पनि मेलामै पुगेर किसानको कोदालो समाते । उप प्रमुख ईश्वरी वस्नेत पनि के कम उनि पनि कोदालो समातेर तम्सिईन । प्रमुख र उप प्रमुखका उम्मेदवारहरुले तम्सीतम्सी मकै गोडे । खेतमा मकै गोड्नका लागि पुगेका किसानहरुले हांसीमजाक गरे ।
सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुले मतदाता भेटघाटका लागि घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । पार्टीको घोषणा पत्र र नमुना मतपत्र सहित गाउँ पुग्ने नेता तथा कार्यकर्ता संग मतदाताहरुले पनि उत्साहपूर्वक भेटघाट गरीरहेका छन् । निर्वाचन चिन्ह पाएपछि घर दैलो र सभाको कार्यक्रम बनाएर शनिबार बाट गाउँ पसेका उम्मेदवारहरुले आईतवार अझ बढी सक्रियता र मतदाताको उपस्थिति पाएका छन् । पार्टीको झण्डा, वाजागाजा र गाडीको लस्कर लिएर गाउँ पसेका कार्यकर्ताले गाउ“मा घर घर पुग्ने कोशिस गरीरहेका छन् ।
मन्थली नगरपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठवन्धन, राप्रपा लगाएत नगर प्रमुखका लागि ९ जना र उप प्रमुख पदमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ति मध्ये ३ जना स्वतन्त्रले प्रमुख र १ जना स्वतन्त्रले उप प्रमुखका लागि प्रतिस्पर्धा गरीरहेका छन् । मन्थलीमा मुख्य तया काँग्रेस, एमाले र माओवादी र एकिकृत समाजवादीको गठवन्धनका उम्मेदवार विच कडा प्रतिस्पर्धा हुने मतदाताहरुको अनुमान छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस