टिपरको ठक्करबाट मोटरसाईकल सवार २ घाईते

रामेछाप । रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा मंगलबार भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । घाईते मध्ये १ को अवस्था गम्भिर छ । गम्भिर घाईते लाई उपचारका लागि काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सालु बाट मन्थली आउदै गरेको बाग्मती प्रदेश ०१–००३ क ८७०७ नम्बरको टिपरले मन्थलीबाट सालु तर्फ जादै गरेको बा ७० प २२७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार ओखलढुङ्गा जिल्ला लिखु गाउ“पालिका १ वस्ने प्रभुराम खड्का र मन्थली नगरपालिका ११ वस्ने राजेन्द्रकुमार बुढाथोकी घाईते भएका छन् । मोटरसाईकलको पछाडि सवार बढाथोकी गम्भिर रहेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस