प्रेस र अभिव्यक्ति स्वतन्त्रताका विरोधि काम हुन दिन्नौं

रामेछाप । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धका कुनै पनि कुरा नेपाल पत्रकार महासंघले स्वीकार नगर्ने वताएका छन ।
मंगलबार रामेछापको मन्थलीमा आयोजित नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको तेश्रो बैठकमा बोल्दै पोखरेलले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध हुने क्रियाकलापको महासंघले खुलेर प्रतिवाद गर्ने वताए । सूचना र संचारका माध्यम प्रयोग गरेर खोज र अनुसन्धानमा सहयोग गर्नुपर्ने संचारमाध्यमनै बन्द गरेर राख्न लगाउने कानुन ल्याउन प्रयास गर्ने सरकारको रबैया ठिक नभएको पोखरेलले वताए । ‘हामीे सरकारमा को छ सगं हैन, सरकारले के गरीरहेको छ भन्ने कुरा हेरेर धारणा वनाउछौं’ पोखरेलले भने – यस मुद्धालाई पनि महासंघले छोड्नेवाला छैनौं ।
प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले प्र्रदेश समितिले पत्रकारहरुका साझा समस्याको समाधानको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र संस्थागत विकास लाई पनि सगसगै लगेको वताए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश खतिवडाले पत्रकारहरुका विभिन्न समस्यामा साझा धारणा वनाएर लाग्नु पर्ने आवश्यक्ता रहेको औल्याए । कार्यक्रममा रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरेले पत्रकारका समस्यामा महासघकाे प्रयास अपुगकाे वताएका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस