केपी ओली शैलुङ आउने

रामेछाप । ‘ शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव’ उद्घाटन गर्न शुक्रबार एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रामेछाप र दोलखाको सिमावर्ति पर्यटकिय स्थल शैलुङमा आउने भएका छन् । दोलखाको कालिञ्चोक केवलकारको उद्घाटन पछि ओली शैलुङको महोत्सवमा आउन लागेका हुन ।
रामेछापको दोरम्बा शैलुङ गाउ“पालिका, दोलखाको मेलुङ र शैलुङ गाउ“पाकिलाको आयोजनामा महोत्सव हुन लागेको हो । उक्त महोत्सवका लागि पालिकाहरुले आवश्यक सम्पूर्ण तयारी पुरा गरेका छन् ।
पर्यटकिय स्थानको साहित्य र संस्कृतिका माध्यमबाट शैलुङको पहिचान, सभ्यता , संस्कृति र परम्परालाई प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना हुन लागेको हो । तीन बर्ष अघी तिनै गाउ“पालिका मिलेर शैलुङ महोत्सवको आयोजना गरीएको थियो ।
३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ टाकुरामा महोत्सवको लागि आवश्यक तयारी पुरा भएको दोरम्बा शैलुङ गाउ“पालिकाका अध्यक्ष कमानसिं मोक्तानले वताए । महोत्सवमा राष्ट्रिय स्तरका १ सय भन्दा बढी कलाकार, साहित्यकार र चित्रकारहरुले सहभागिता जनाउने छन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस