केपी ओली शैलुङ आउने
रामेछाप । ‘ शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव’ उद्घाटन गर्न शुक्रबार एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रामेछाप र दोलखाको सिमावर्ति पर्यटकिय स्थल शैलुङमा आउने भएका छन् । दोलखाको कालिञ्चोक केवलकारको उद्घाटन पछि ओली शैलुङको महोत्सवमा आउन लागेका हुन ।
रामेछापको दोरम्बा शैलुङ गाउ“पालिका, दोलखाको मेलुङ र शैलुङ गाउ“पाकिलाको आयोजनामा महोत्सव हुन लागेको हो । उक्त महोत्सवका लागि पालिकाहरुले आवश्यक सम्पूर्ण तयारी पुरा गरेका छन् ।
पर्यटकिय स्थानको साहित्य र संस्कृतिका माध्यमबाट शैलुङको पहिचान, सभ्यता , संस्कृति र परम्परालाई प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना हुन लागेको हो । तीन बर्ष अघी तिनै गाउ“पालिका मिलेर शैलुङ महोत्सवको आयोजना गरीएको थियो ।
३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ टाकुरामा महोत्सवको लागि आवश्यक तयारी पुरा भएको दोरम्बा शैलुङ गाउ“पालिकाका अध्यक्ष कमानसिं मोक्तानले वताए । महोत्सवमा राष्ट्रिय स्तरका १ सय भन्दा बढी कलाकार, साहित्यकार र चित्रकारहरुले सहभागिता जनाउने छन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस