१८ लाख नगद सहित ६ जुवाडे पक्राउ
पोखरा । पोखरामा पेशेबर जुवा खालबाट ठुलो परिमाणमा नगद सहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १२ चापापानी स्थित नविन गौचनको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन । पक्राउ परेका जुवाडेहरुको साथबाट प्रहरीले १८ लाख ७ हजार ५ सय ३० नगद समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता सुबास हमालका अनुसार व्यवसायीक जुवा खाल संचालन भएको सूचनाका आधारमा प्रहरीले गौचनको घरमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको जनाइएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस