१८ लाख नगद सहित ६ जुवाडे पक्राउ
पोखरा । पोखरामा पेशेबर जुवा खालबाट ठुलो परिमाणमा नगद सहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १२ चापापानी स्थित नविन गौचनको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन । पक्राउ परेका जुवाडेहरुको साथबाट प्रहरीले १८ लाख ७ हजार ५ सय ३० नगद समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता सुबास हमालका अनुसार व्यवसायीक जुवा खाल संचालन भएको सूचनाका आधारमा प्रहरीले गौचनको घरमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको जनाइएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस