गुम्देलमा आगलागि

रामेछाप – उत्तरी रामेछापको उमाकुण्ड गाउपालिकामा सोमबार मध्यान्नह भएको आगलागिबाट एक घर जलेको छ । आगलागिबाट घरमा रहेको नगद गरगहना खाद्यान्न लगाएतका सवै सामान समेत नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुम्देलका योगप्रसाद घिमिरेको घर सोमबार मध्यान्ह भएको आगलागिबाट जलेको हो । घरमा कोहि नभएको बेला आगलागि भएको थियो । आगलागि भएको घरमा भान्सा नभएकाले कसरी आगो सल्कियो ? भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको छ । २०७२ को विनासकारी भूकम्प पछि उक्त २ कोठे घर निर्माण भएको थियो । उक्त घरलाई घिमिरेले वसोवासका लागि मात्र प्रयोग गर्दै आएका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस