एमालेको एकै साथ वडा अधिवेशन
विनकुमार श्रेष्ठ ।
रामेछाप । नेकपा एमाले रामेछापको ६२ वटा वडामा एकैसाथ वडा अधिवेशन भइरहेको छ । दोरम्बा गाउंपालिकाका २ वटा वडाको अधिवेशन यस अघीनै भएको थियो । एमालेले देशैभरका वडामा आजै अधिवेशन हुने कार्यतालिका छन् । वडा अधिवेशनको केन्द्रीय अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् ।
जिल्ला सचिव आनन्द श्रेष्ठका अनुसार वडा अधिवेशनले पदाधिकारीको चयन गर्ने छ । त्यसका साथै पालिकाको अधिवेशनको लागि प्रतिनिधि समेत चयन गर्ने छ । एमालेको विधानमा पार्टी सदस्य मध्त्तये खुल्लाबाट १० सदस्य बरावर १, महिलाबाट ५ बराबर १ र उत्पिडित ३ जना बराबर १ जना प्रतिनिधि पालिकाको अधिवेशनको लागि चुन्ने व्यवस्था छ ।
एमालेको साविकमा २ प्रकृतिका सदस्य थिए । साधारण सदस्य र संगठित सदस्यको रुपमा सदस्यलाई वर्गिकरण गर्दै आएको एमालेले अव सबैलाई पार्टी सदस्यको रुपमा कायम गरेको छ । जिल्ला भर पार्टी सदस्यको संख्या १० हजार ५ सय भन्दा केहि माथि रहेको जनाइएको छ ।
एमालेले वडा अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका जिम्मेवार नेताहरु जो जुन वडामा छन् उनिहरुलाईनै जिम्मेवारी दिएको छ । यसका अतिरीक्त जनवर्गिय संगठनका पदाधिकारीलाई समेत वडा अधिवेशनका लागि सहयोगीको भूमिका निर्वाह गर्नका लागि निर्देशन दिएको छ ।
वडाको अधिवेशनले छनौट भएका प्रतिनिधि र पदाधिकारीले ९ गते हुने पालिकाको अधिवेशनमा भाग लिन पाउने छन् । जिल्लाको अधिवेशन भने टुंगो लागेको छैन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस