एमालेको एकै साथ वडा अधिवेशन
विनकुमार श्रेष्ठ ।
रामेछाप । नेकपा एमाले रामेछापको ६२ वटा वडामा एकैसाथ वडा अधिवेशन भइरहेको छ । दोरम्बा गाउंपालिकाका २ वटा वडाको अधिवेशन यस अघीनै भएको थियो । एमालेले देशैभरका वडामा आजै अधिवेशन हुने कार्यतालिका छन् । वडा अधिवेशनको केन्द्रीय अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् ।
जिल्ला सचिव आनन्द श्रेष्ठका अनुसार वडा अधिवेशनले पदाधिकारीको चयन गर्ने छ । त्यसका साथै पालिकाको अधिवेशनको लागि प्रतिनिधि समेत चयन गर्ने छ । एमालेको विधानमा पार्टी सदस्य मध्त्तये खुल्लाबाट १० सदस्य बरावर १, महिलाबाट ५ बराबर १ र उत्पिडित ३ जना बराबर १ जना प्रतिनिधि पालिकाको अधिवेशनको लागि चुन्ने व्यवस्था छ ।
एमालेको साविकमा २ प्रकृतिका सदस्य थिए । साधारण सदस्य र संगठित सदस्यको रुपमा सदस्यलाई वर्गिकरण गर्दै आएको एमालेले अव सबैलाई पार्टी सदस्यको रुपमा कायम गरेको छ । जिल्ला भर पार्टी सदस्यको संख्या १० हजार ५ सय भन्दा केहि माथि रहेको जनाइएको छ ।
एमालेले वडा अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका जिम्मेवार नेताहरु जो जुन वडामा छन् उनिहरुलाईनै जिम्मेवारी दिएको छ । यसका अतिरीक्त जनवर्गिय संगठनका पदाधिकारीलाई समेत वडा अधिवेशनका लागि सहयोगीको भूमिका निर्वाह गर्नका लागि निर्देशन दिएको छ ।
वडाको अधिवेशनले छनौट भएका प्रतिनिधि र पदाधिकारीले ९ गते हुने पालिकाको अधिवेशनमा भाग लिन पाउने छन् । जिल्लाको अधिवेशन भने टुंगो लागेको छैन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस