बढि भाडा असुल्ने यातायातका साधन कारबाहीमा
रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुसंग बढी भाडा लिने यातायातका साधनहरुलाई कारबाही गरेको छ ।
दशैंमा काठमाडौ बाट मन्थली तर्फ आउँदै गरेका विभिन्न यातायातका साधनहरुलाई प्रहरीले कारबाही गरेको हो । यातायातका साधनहरुलाइ कारबाही स्वरुप जरिवाना गर्नुका साथै बढी भाडा लिएका यात्रुहरुलाई उनिहरुको पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ । यातायातका साधनहरुले दोब्बर भाडा लिएर यात्रीहरुलाई ठगि गरेको भन्दै ट्राफिक प्रहरीले यातायातका साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीले माइक्रो बस, सुमो तथा बसमा सवार यात्रुहरुलाई धेरै भाडा लिएर काठमाडौबाट आउँदै गरेको सुचनाका आधारमा यातायातका साधनहरुलाई नियन्त्रणमा लिएर सबै यात्रुहरुको बढी लिइएको भाडा फिर्ता गराई २ हजार जरिवान गरि पुन गल्ती नदोहोर्याउने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस