पहिरो नपन्छाउदा जोखिमपूर्ण यात्रा
रामेछाप । बर्षायाममा झरेको पहिरो नपन्छाउदा रामेछापको सदरमुकाम जोड्ने खुर्कोट मन्थली सडकको यात्रा कष्टकर वनेको छ । दशैंका लागि जिल्ला भित्रीने यात्रुहरुले खचाखच यातायात साधनले साँघुरो सडकका कारण सास्ती वेहोर्नु परेको छ ।
खुर्कोट देखि मन्थली सम्मको १६ किलोमिटर सडक प्राय सवै ठाउँमा एकतर्फि छ । पहिरो नपन्छाएका कारण सवारी साधनलाई उक्त दुरी पार गर्नका लागि झण्डै एक घण्टा लाग्ने गरेको छ । एकतर्फी यातायात संचालनले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । खुर्कोट देखि मन्थली सम्म साना ठुला गरी १ सय भन्दा बढी पहिरो छन् । बर्षायाममा सडक डिभिजन र मन्थली नगरपालिकाले पहिरो पन्छाएर एकतर्फी खुलाएको सडक फेरी सुधार गरिएको छैन् ।
दशैंका लागि केहि दिन देखि उक्त सडकमा यातायातको चाप बढेको छ । सडक डिभिजन खुर्कोटको क्षेत्राधिकार भित्र रहेको उक्त सडक खण्डमा झरेको पहिरो पन्छाउनका लागि वजेटको व्यवस्था नभएकाले काम गर्न नसकेको उक्त कार्यालयले जनाएको छ । कार्यालयले मेसिन तयारी अवस्थामा राखे पनि तेल हाल्ने पैसा नहुदा पहिरो पन्छाउन सकेन ।
सरकारले खुर्कोट लगाएतका केहि सडक डिभिजन यस आर्थिक बर्ष देखि खारेज गरेको छ । खुर्कोटमा कुनै बजेट र कार्याक्रम नभएकाले मन्थली खुर्कोट लगाएत पहिरो झरेका स्थानमा सफाई गरी यातायात सहज वनाउन कठिनाई भएको हो । खारेज भएको कार्यालयको जिम्मेवारी अव डिभिजन सडक कार्यालय दोलखाले लिने भएको छ । दोलखाले समेत खुर्कोट मन्थली सडकमा चासो नदिदा यातायात जोखिम वनेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस