कोभिडको ख्याल राखेर दशैं मान्न आग्रह
रामेछाप – विजया दशमी २०७८ को अवसरमा क्रियासिल पत्रकार महिला रामेछापले शनिबार मन्थलीमा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले कोभिडको ख्याल राखेर दशैं मनाउनु पर्नेमा जोड दिनुभएको छ ।
कोभिडबाट बच्दै सुरक्षित र शान्तिको वातावरणमा दशैं मनाउनका लागि सहभागिले एक अर्का विच शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
क्रियाशिल पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले पहिलेका बर्षहरुमा दशैं हुने र नहुनेका विचको खाडल थियो भने पछिल्ला बर्षहरुमा यसलाई बैभवको रुपमा लिईने गरीएको वताउनुभयो । वैभवमा दशैं मनाउदा मदिरा लगाएतका मादक पदार्थको सेवन बढी हुने गरेको र खर्चमा देखासेखी बढेकोमा उनले चिन्ता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले दशैंमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति हुने गरी व्यवस्थापन गरीने वताउनुभयो । पहाडिले दशैं पर्वलाई मान्यजनको आर्शिवाद लिने पर्वको रुपमा मात्र लिई शान्ति सुरक्षा कायम गराउने कार्यमा नागरिकको समेत सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव आनन्द श्रेष्ठ, प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना ,शसस्त्र प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयांघरे र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले समेत आ आफ्ना धारणा राख्नु भएको थियो । सो कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुले समेत एक आपसमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस