कोभिडको ख्याल राखेर दशैं मान्न आग्रह
रामेछाप – विजया दशमी २०७८ को अवसरमा क्रियासिल पत्रकार महिला रामेछापले शनिबार मन्थलीमा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले कोभिडको ख्याल राखेर दशैं मनाउनु पर्नेमा जोड दिनुभएको छ ।
कोभिडबाट बच्दै सुरक्षित र शान्तिको वातावरणमा दशैं मनाउनका लागि सहभागिले एक अर्का विच शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
क्रियाशिल पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले पहिलेका बर्षहरुमा दशैं हुने र नहुनेका विचको खाडल थियो भने पछिल्ला बर्षहरुमा यसलाई बैभवको रुपमा लिईने गरीएको वताउनुभयो । वैभवमा दशैं मनाउदा मदिरा लगाएतका मादक पदार्थको सेवन बढी हुने गरेको र खर्चमा देखासेखी बढेकोमा उनले चिन्ता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले दशैंमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति हुने गरी व्यवस्थापन गरीने वताउनुभयो । पहाडिले दशैं पर्वलाई मान्यजनको आर्शिवाद लिने पर्वको रुपमा मात्र लिई शान्ति सुरक्षा कायम गराउने कार्यमा नागरिकको समेत सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव आनन्द श्रेष्ठ, प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना ,शसस्त्र प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयांघरे र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले समेत आ आफ्ना धारणा राख्नु भएको थियो । सो कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुले समेत एक आपसमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस