कामै दिदैनन् रामेछापका एटिएम
रामेछाप – केहि समय अघी ईन्भेष्टमेन्ट बैंकको मन्थली शाखाको एटिएम मेसिनले हप्तौं थकाई मा¥यो । २४ सैं घण्टा सेवा दिनु पर्ने मेसिन बन्द रहेको प्रति बैंक व्यवस्थापन त्यति संवेदनसिल भएन । हप्तौ पछि मेसिन बनाएर सेवा दिन थाल्यो ।
मन्थलीमा ईन्भेष्टमेण्टको मात्र हैन, अधिकांश एटिएमको हालत उस्तै उस्तै छ । लक्ष्मी बैंक, सेन्चुरी बैंक, राष्ट्रिय बाणिज्य बैंक जस्ता बैंकहरुका एटिएम बारम्बार वन्द रहने गर्छन् । बैंक व्यवस्थापन विग्रीएका मेसिन बनाउनु भन्दा पनि एटिएम राखीएको सटर लगाईदिने गर्छन् । शुक्रबार बाणिज्य बैंक, लक्ष्मी बैंक र सेन्चुरी ंबैंकका एटिएम मेसिन नचल्दा दशैं बजार गर्न आएका सर्वसाधारणहरुले सेवा पाउन सकेनन् । एटिएम कार्ड बोकेर वजार गर्न आएका हरु मेसिनले सेवा नदिए पछि पैसाको खोजिमा भौतारिरहेका थिए । मेसिन नचलेको कुरा राख्दा विग्रीएको ओठे जवाफ वैंकका कर्मचारीहरुले दिने गरेका छन् । रामेछापको मन्थलीमा रहेका ११ वटा वैंकले एटिएम मेसिन राखेका छन् । एटिएम सेवा सामान्यतथा २४ सैं घण्टा संचालन गर्नुपर्नेमा मन्थलीका बैंकले रात छिप्पीएपछि सटर झार्ने गरेका छन् । समस्यामा रातको समयमा पैसा झिक्नु पर्दा कुनै पनि ग्राहकले सेवा पाउदैनन् । प्राय सै बैंकले राती १० बजे पछि एटिएम बन्द गर्छन् । हरेक बैंकमा सुरक्षा गार्डको व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस