राजविराजमा कृषि विश्वविद्यालय बनाउँदै प्रदेश २ सरकार
अरुण कुमार यादव
राजविराज,भदौ २८ गते । प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिनुभयो । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिनुभयो ।
यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।
फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग
राजविराज नगरका युवाले लामो समयदेखि अस्तव्यस्त रहेको नगरको सडक अबस्था, फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग गरेका छन् । नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले फोहरले नगरको सौन्दर्य नै हराएको जनाउँदै तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख यादवले नगर सुन्दर बनाउने अभियानमा नगरपालिका सधै साथमा रहेको बताउनुभयो । पछिल्लो समय नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । नगरपालिका करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ तर अझैसम्म कार्यान्वयन नहुँदा नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएका छन् । रासस
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस