निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
रामेछाप – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता गएरातिदेखि लागू भएको छ । आयोगले सूचना जारी गर्दै आचारसंहिता लागू भएको जानकारी गराएको हो ।
रामेछापमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक आयोजना गरी आचारसंहिताका प्रावधानबारे जानकारी गराएको छ । बैठकमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सबै राजनीतिक दललाई आचारसंहिता पालना गर्दै संयमित रूपमा निर्वाचन गतिविधि सञ्चालन गर्न आग्रह गरे ।
उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासन पूर्ण रूपमा तयार रहेको बताउँदै सबै पक्षलाई आ–आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गरेर सहयोग गर्न अनुरोध गरे ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछाप शान्त र सुरक्षित जिल्ला रहेकाले सुरक्षाका विषयमा चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । उनले निर्वाचनलाई लक्षित गर्दै विशेष सुरक्षा नीति बनाइएको, फरार कैदी, हराएका हतियार तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि समेत सूक्ष्म निगरानी भइरहेको जानकारी दिए ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सञ्चारमाध्यममार्फत हुने प्रचारप्रसारका विषयमा पनि सञ्चारकर्मीहरू स्वयं सचेत रहेको बताएका थिए ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, उम्मेदवारी खारेजीलगायतका कारबाहीको व्यवस्था रहेको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस