रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रामेछापले जनाएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप जिल्ला अदालत परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए आयोगले यसअघिनै रामेछाप जिल्ला अदालतका जिल्ला न्यायाधीश राजेन्द्र नेपाललाई रामेछापको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो ।
रामेछाप जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण काम अब साेही कार्यालय मार्फत सञ्चालन गरिने मुख्य निर्वाचन अधिकृत नेपालले जानाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार माग ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी (मनोनयन) दर्ता गर्ने कार्यक्रम रहेको छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित भय रहित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस