रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रामेछापले जनाएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप जिल्ला अदालत परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए आयोगले यसअघिनै रामेछाप जिल्ला अदालतका जिल्ला न्यायाधीश राजेन्द्र नेपाललाई रामेछापको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो ।
रामेछाप जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण काम अब साेही कार्यालय मार्फत सञ्चालन गरिने मुख्य निर्वाचन अधिकृत नेपालले जानाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार माग ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी (मनोनयन) दर्ता गर्ने कार्यक्रम रहेको छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित भय रहित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस