बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेकाे र र चाडपर्व नजिकै गएकाले सडकमा २४ सै घण्टा सवारी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचना अनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।
मनसुनकाे समयमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्ग अन्तर्गत प्रस्थान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।
मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस