खानेपानी उपभोक्ता समिति आफैले महशुल निर्धारण गर्न मिल्दैन
रामेछाप – खानेपानी तथा सरसफाइ महशुल निर्धारण आयाेगले रामेछापमा खानेपानी महशुल निर्धारण सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेकाे छ । मंगलबार आयाेगले रामेछापका स्थानीय तहहरुसँग उक्त विषयमा अन्तरक्रिया गरेकाे हाे ।
कार्यक्रममा आयाेगका अध्यक्ष रुद्रप्रसाद गाैतमलेआयाेगकाे काम, कर्तव्य तथा अधिकार क्षेत्रका विषयमा जानकारी गराउनुका साथै महशुल निर्धारण सम्बन्धि कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । त्यसैक्रममा अध्यक्ष गाैतमले कुनैपनि उपभोक्ता समितिले साधारणसभा तथा कार्य समिति मार्फत महशुल निर्धारण गर्न नमिल्ने जानकारी गराएका थिए ।
महशुल निर्धारण सम्बन्धि कानुनी व्यवस्था अनुसार २० हजार भन्दा कम उपभोक्त भएका खानेपानीकाे सम्बन्धित स्थानीय तहले महशुल निर्धारण गर्नुपर्ने र साे भन्दा बढी उपभोक्ता भएकाे खानेपानीकाे महशुल निर्धारण आयाेगले गर्नुपर्ने कानुनी व्यवस्था रहेकाे बताए ।
कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले खानेपानी महशुल निर्धारण सम्बन्धि स्थानिय तह आफै अनविज्ञ रहेकाे बताए । श्रेष्ठले भने पालिका भित्र संचालनमा रहेका सबै उपभोक्ता समिति पनि नगरमा सुचिकृत नभएकाे र महशुल निर्धारणकाे काम पनि उपभोक्ता समिति आफैले गरिरहेकाे बताए । निति बनेपनि कार्यन्वयन भने हुन नसकेकाे उनकाे बनाइ थियाे ।
त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले उपभोक्त समितिद्वारा संचालित खानेपानी नागरिकलाई निशुल्क उपलब्ध गरिनुपर्ने बताए । त्यस्तै विद्युत उत्पादन भएका श्रेत्रकाे खानेपानीलाई विद्युत नि:शुल्क उपलब्ध गराउनु पर्ने धाराणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पानिकाे स्राेतहरुकाे संरक्षण गर्नुपर्ने बताए । उनले पछिल्लो समय जथाभावी उत्खनन गर्न अनुमति दिने ,प्राकृति पाेखरीहरु मासेर सिमेन्टेड पाेखरी निर्माण गर्ने जस्ता कार्यहरुले गर्दा पानिकाे स्राेतहरु सुक्दै गएकाले स्थानिय तहहरु पानिकाे स्राेत संरक्षण गर्न लाग्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस